अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

सरकारले सार्वजनिक गरेको मर्यादाक्रममा जनप्रतिनिधि हाबी

बिआरटीनेपाल २०७५ माघ २ गते १९:५५ मा प्रकाशित

सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् । कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ । चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रधानन्यायाधीश सँगै सभामुख र अध्यक्ष
सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ । यसअघि चौथोमा प्रधानन्यायाधीश रहँदै आएकोमा अब सभामुख र अध्यक्षलाई पनि समेटिएको छ । मुख्यसचिवभन्दा प्रदेश सभामुख अगाडि प्रदेश सभामुखलाई आठौँ नम्बरमा राखिएको छ भने मुख्यसचिवलाई नवौँ नम्बरमै यथावत् राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू