अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

नेकपाभित्रको आन्तरिक विवाद उस्तै, कार्यदल पनि बनाउन सकेन

बिआरटीनेपाल २०७५ माघ २ गते १९:५१ मा प्रकाशित

काठमाडौँ — पार्टी एकता भएको आठ महिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरू सक्रिय हुन सकेका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

गत पुसमा बसेको स्थायी समिति बैठकले एकताका बाँकी काम पूरा गर्नका लागि प्रस्ताव बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा एकताकोबाँकी काम लम्बिएको हो । स्थायी समितिले संगठन एकतासम्बन्धी प्रस्ताव तयार गर्न रामबहादुर थापा, महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ रहेको कार्यदल बनाएको थियो । पुसभित्र प्रस्ताव बनाई एकताको काम सक्ने भनिएको थियो ।  तर कार्यदलकै नियमित बैठक बस्न सकेको छैन । ‘केही बैठक भएका छन्, छलफल पनि चलिरहेको छ, व्यस्तताका कारण सबै काम सकिएको छैन,’ कार्यदल सदस्य योगेश भट्टराईले भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू