अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

नेजाद्वारा न्यूयोर्कमा अन्तरक्रिया सम्पन्न

बिआरटीनेपाल २०७५ माघ १ गते २१:५० मा प्रकाशित

समुदायका अभियन्ता र पत्रकारबिच समन्वयकारी भूमिकामा जोड
अमेरिका । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले अमेरिकाको न्यूयोर्कमा सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार र सामुदायिक अभियन्ताहरूबिच न्यूयोर्कमा आइतबार सम्पन्न अन्तरक्रियामा धारणा राख्दै सहभागीहरूले सामुदायिक अभियन्ताहरू र पत्रकारहरुकाबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताएका थिए । 

उनीहरूले प्रवासमा पत्रकारिताले नेपाली समुदायको प्रवर्धनमा समेत महत्त्वपूर्ण टेवा पुर्‍याएकोमा जोड दिदैं समाजभित्रको गलत विषयका साथै सकारात्मक पक्षलाई समेत स्थान दिन आग्रह गरेका थिए । कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिवक्ताहरुले पछिल्लो समय प्रवासमा समेत नेपाली भाषाका विभिन्न माध्यमका सञ्चारमाध्यमहरू बढ्नु सकारात्मक रहेपनि सन्तुलित र विश्वसनीयतामा भने कमी आएको भन्दै त्यसतर्फ ध्यान दिन पत्रकारहरूसमक्ष अनुरोध गरेका थिए ।

त्यस्तै, पत्रकारका प्रतिनिधि वक्ताहरूले समुदायमा सक्रिय विभिन्न सङ्घ संस्था र त्यसका अभियन्ताहरूले सञ्चारमाध्यम र पत्रकारहरूलाई समाजकै लागि यिनीहरूले पत्रकारिता गरेका हुन् भनेर बुझ्न सक्दा धेरै विषय सकारात्मक हुने बताए । उनीहरूले पत्रकारिताको गुणात्मक विकासका लागि सामूहिक प्रयासको खाचो समेत औँल्याएका थिए । 

नेजाका अध्यक्ष सुदीप पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका वाणिज्य दूत कुसु क्षेत्री, अवैतनिक महावाणिज्यदुत रिषी ढकाल, नेपाल सरकारका परराष्ट्र मन्त्रालय अन्तर्गत एनआरएन सल्लाहकार खगेन्द्र क्षेत्री, जोय चौधरी, डा. तारा निरौला, गैर आवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदी, महासचिव विआर लामा, विनोद तिवारी, बोर्ड अफ डाइरेक्टर सञ्जय थापा, अमृत कट्टेल, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष रामसी पोखरेल, एनआरएनए आइसिसीका सदस्य वन्दना कोइराला, विश्व शाह, जनसम्पर्क समितिका नेताहरू आनन्द विष्ट, विष्णु सुवेदी, प्रमोद सिटौला, मुनीन्द्र नेम्वाङ,रोशन ढुङ्गाना, एनआरएनए अमेरिका न्यु योर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारी, नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका(फिप्ना)का वरिष्ठ उपाध्यक्ष राजकुमार विष्ट, लुइसाङ बाइबा, अधिकार संस्थाका संस्थापक नर्वदा क्षेत्री, अधिकारकर्मी सृजना काफ्ले, विवेक गौतम, एनआरएनएका सूर्य लम्साल, आदिवासी जनजाति समुदायका नेताहरू तथा पत्रकारको तर्फबाट नेजाका संस्थापक अध्यक्ष तथा सल्लाहकार गिरीश पोखरेल, अग्रज पत्रकार राजेश मिश्र, पूर्व अध्यक्ष तथा सल्लाहकार गौतम दाहाल, पूर्व अध्यक्ष तथा सल्लाहकार आङ छिरिङ शेर्पा, नेजाका पूर्व महासचिव तोया दाहाल, शैलेश श्रेष्ठ, अनुज थापा, अनिल अधिकारी, बद्री गौतम, ज्योति देवकोटा,मधुकर अधिकारी, पुनम पौडेल, विष्णुहरि घिमिरे, राजु आचार्य, लोकमणि राई, नेजाका कानुनी सल्लाहकार वासु फुलारा लगायतको सहभागिता रहेको थियो । 

महासचिव किरण मरहठ्ठाले सहजीकरण गरेको कार्यक्रममा कोषाध्यक्ष मच्छेदेवी गुरुङले स्वागत र क्षेत्रीय संयोजक कल्पना घिमिरेले धन्यवाद मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू