अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४२ | Colorodo: 10:57

काभ्रेका कलाकार एक हुँदै

बिआरटीनेपाल २०७५ माघ १ गते ११:३४ मा प्रकाशित

बनेपा, काभ्रेका कलाकारहरू अब एक हुने भएका छन् । काभ्रेका कलाकारलाई एकैठाउँमा गोलबद्ध गरी एक गराउने अभियानमा काभ्रेका कलाकार जुट्ने भएको छ । 

काभ्रे जिल्लामा जन्मेर कलाकारिताका विविध विधामा सक्रिय रही नेपाली कलाक्षेत्रमा योगदान दिँदै आएका काभ्रेली कलाकारहरूको हालै बनेपामा सम्पन्न एक भेलाले सो निर्णय गरेको हो । काभ्रेली कलाकार मञ्चको आयोजनामा सम्पन्न कलाकारहरूको भेलाले काभ्रेली कलाकारहरू एकजुट हुनुपर्ने आवश्यकता महसुस गर्दै उक्त निर्णय गरेको हो ।काभ्रेका कलाकर्मीहरूको एउटै सोच बनाउन सके काभ्रेली कलाकारहरू बलियो हुने सबै भेलामा सहभागी कलाकारहरूको राय रहेको थियो । भेलामा चर्चित चलचित्र निर्देशक तथा चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले धेरै सङ्घ, संस्था खोलेर कम्जोर हुनु भन्दा सबै विधाका कलाकर्मी अट्ने एउटै ‘संस्था’ भएमा मात्रै हामी काभ्रेली कलाकार शक्तिशाली हुने धारणा राखेका थिए ।वरिष्ठ अभिनेता तथा काभ्रेली कलाकार मञ्चका संस्थापक अध्यक्ष रविन्द्र खड्काले हामी काभ्रेली बलाकार एकजुट भएमा सम्पूर्ण कलाकर्मीको हक, हित, हुने भएकोले सबैलाई एक बनाइ एउटै संस्थामा गोलबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको बताए । भेलामा गुटगत कोठे बैठकबाट गठन भएको संस्थाले सम्पूर्ण काभ्रली कलाकारको मर्म र भावना समेट्न नसक्ने समेत निष्कर्ष निकालेको थियो ।

भेलामा संस्थापक अध्यक्ष खड्काले नयाँ नेतृत्वका लागि सक्रिय, जागरुक, समय प्रदान गर्न सक्ने कलाकर्मी मित्रहरूलाई आव्हान गरेका थिए । त्यस्तै भेलाले चाँडोभन्दा चाँडो समन्वय, सहमति, नवीकरण समेत गरी एकताको साधारण सभा तय गर्ने गरी ७ सदस्यीय समिति समेत गठन गरेको छ । जसमा वरिष्ठ खलनायक मुकुन्द थापा, दिनेश श्रेष्ठ, अमर कृष्ण चन्द, सजिना श्रेष्ठ, बिजेश कुमार, मनिष भोछिभोया, मन्दिर के।सी। रहेका छन् ।मञ्चका अध्यक्ष खड्काको अध्यक्षतामा सम्पन्न भेलाले काभ्रेली कलाकर्मी मञ्चका संस्थापकहरू दयाराम दाहाल चलचित्र विकास बोर्ड सदस्यमा नियुक्त भएकोमा तथा नारायण प्रधान नेपाल व्यायाम मन्दिरमा पाँचौँ पटक केन्द्रीय अध्यक्ष पदमा र दिनेश श्रेष्ठ काभ्रे जिल्ला वार सदस्य पदमा सर्वसम्मत निर्वाचित भएकोमा हार्दिक बधाई तथा शुभकामना दिँदै सम्मान गरिएको थियो । 

प्रतिक्रिया