अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 07:52

ओजस्वी र पुष्करले जिते टुरिजम एण्ड कल्चर यूनिभर्स नेपालको उपाधि

कृष्ण भट्टराई २०७५ माघ १ गते ११:१८ मा प्रकाशित

काठमाडौँ– प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौँमा आयोजना गरेको प्रदेश नम्बर ३ स्तरीय ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि ओजस्वी श्रेष्ठ तथा पुष्कर अधिकारीले जितेका छन् । 

राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अंकिता थापा तथा कोमल कुव“रले फस्ट रनर्स अप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेन्ड रनर्स अपको उपाधि जितेका छन् । उक्त प्रतियोगितामा १८ जना प्रतियोगीले सहभागिता जनाएका थिए । प्रतियोगिताका मुख्य विजेताले यही वर्षको अप्रिल महिनामा सम्पन्न हुने राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सोनम शेर्पाले पब्लिक च्वाइस एवार्ड जित्न सफल भए । प्रतियोगिताका विजेताहरू पस्मिना रोयल नेपालले विभिन्न उपहारहरू प्रदान गरेको थियो ।

प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह क्षेत्री, मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिइओ सगोल घले गुरुङ थिए । प्रतियोगिताको क्रममा प्रतिस्पर्धीहरूले आइकोनिक डिजाइनर वेयरद्वारा तयार पारिएका पहिरनहरू प्रदर्शन गरिएका थिए । राष्ट्रिय नाचघरको समेत सहकार्य रहेको उक्त प्रतियोगितालाई हिमालय टेलिभिजनले प्रसारण गरेको थियो । प्रतियोगितामा नदर्न लाइट एकेडेमी अफ एभिएसन एण्ड टेक्नोलोजी एकेडेमी पार्टनरको रूपमा रहेको छ भने फेसियल हाउस मेकअप पार्टनरको रूपमा छ ।