अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

नाटा मिडिया अवार्डबाट बिआरटी नेपाल सल्लाहकार तथा सञ्चारकर्मी प्रदीप चापागाईँ सम्मानित

बिआरटीनेपाल २०७५ माघ १ गते ११:०८ मा प्रकाशित

नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल एजेन्ट नाटा मिडिया अवार्डबाट २०१९ बाट नेपाल टेलिभिजनका सञ्चारकर्मी, नेपाल आर्थिक पत्रकार समाज (सेजन) का पूर्व अध्यक्ष एवं विआरटि डट कमका सल्लाहकार प्रदीप चापागाईँ सम्मानित हुनु भएको छ ।

२५ हजार राशि सहितको सो पुरस्कार उहाँलाई सञ्चार माघ्यममा रहेर उहाँले पर्यटन क्षेत्रको पर्वधनका लागी योगदान पुर्‍याए बापत प्रदान गरिएको हो । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उहाँलाई सो सम्मान प्रदान गर्नु भयो । सो अवसरमा नाटा मिडिया अवार्डबाट २०१९बाट राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, रिपब्लीका न्युज डेलीका समाचारदाता अर्पण आले, टुरिजम अनलाइनका सम्पादक प्रशान्त प्रधान र दैनिक नेपाल अनलाइनका सम्पादक माधव तिवारीलाई पनि सम्मान गरियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू