अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

ग्रीन इन्टरनेशनलमा नयाँ नेतृत्व

बिआरटीनेपाल २०७५ पुष ३० गते २०:३६ मा प्रकाशित

काठमाडौं । सुलोचना रोका मगरको नेतृत्वमा ग्रीन इन्टरनेशनल क्लवको नयाँ नेतृत्व चयन भएको छ । क्लवको शनिबार काठमाडौंमा भएको पहिलो अधिवेशनले मगरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । यो क्लव स्थापनाकालेदेखि खेलकुद, वातावरण र प्राकृतिक प्रकोपमा सक्रिय रहँदै आएको छ ।

सन् २०१५ मा सयौं भुकम्प पीडितलाई आर्थिक तथा भौतिक सहयोग पुर्याएको यो क्लव त्यतिबेला देखिनै चर्चामा आएको हो । अधिवेशन समाजसेवी दिलशोभा श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।विशेष अतिथी संगीतकार तथा गायक शम्भु राई थिए । अतिथी वक्ता कफि क्लव नेपाल ललितपुरका अध्यक्ष सीता राना थिइन् ।

अधिवेशनले उपाध्यक्षहरुमा धनबीर राई, हेन्खामा साङ्मेन राई, जन्मजय साङपाङ, कोषाध्यक्षमा जयन्ती लावती, सह कोषाध्यक्षमा सरिता लावती, सचिवमा सम्पदा योङ्या र सहसचिवमा सुनिता राईलाई चयन गरेको छ । यसैगरी, सदस्यमा उमेश राई, र रश्मी राई चयन भएको क्लवका संस्थापक अध्यक्ष रमेशचन्द्र राईले बताए । संस्थापक अध्यक्ष राई अभिनेता तथा फिल्म प्रोड्युसर हुन् । उनको अगुवाईमा २०७३ मा यो क्लव स्थापना भएको हो ।

राजधानीमा भएको अधिवेशनमा भाग लिन ताप्लेजुङ जिल्ला कार्य समितिको प्रतिनिधित्व गर्दै कमला खड्का र संगीता मादेन, झापा जिल्ला कार्यसमितिको प्रतिनिधित्व गर्दै हिलिहाङ लिम्बू र सन्तोष लिम्बू, सुनसरीको प्रतिनीधित्व गर्दै, मनि काङमाङ र रेश्मी मोक्तान र पाँचथरको प्रतिनीधित्व विवेक लिम्बू र विष्णु चाम्लिङ आएका थिए । अधिवेशनको संयोजन क्लवका एम्बासेडर विशाल राईले गरेका थिए । क्लवका संस्थापक संरक्षक केशवराम राई हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू