अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

भद्रकला आङबुहाङ राईको एलबम ‘माया’ काठमाडौँमा विमोचन

बिआरटीनेपाल २०७५ पुष ३० गते ११:५३ मा प्रकाशित

बि. स. २०७० सालदेखि नेपाली सङ्गीतमा देखा परेर सङ्गीतको उत्थानमा लागि परिरहेकी भद्रकला आङबुहाङ राईले आफ्नो दोस्रो एलबम “ माया” एउटा भव्य समारोह बिच काठमाडौँमा विमोचन गराएकी छिन् । यता विमोचन हुँदै गर्दा सोही दिन उनले हंगकंगमा आफ्नो एकल रचनाहरूको गायन साँझ पनि सम्पन्न गरेकी छिन । सङ्गीतकार शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा अतिथिको रूपमा गीतकार डा कृष्णहरि बराल, गीतकार उन्नति बोहरा शिला, संगीतकारद्वय राजु सिंह र लक्ष्मण शेष उपस्थित थिए । 

समारोहमा गीतकार भद्रकलाको गीतिकारीता र समाजसेवाप्रतिको लगावको राम्रो तारिफ भएको थियो । भद्रकलाको दोस्रो एलबम “माया” मा कुल ११ गीत समावेश छन् । सुरेश अधिकारी, राजीव शाह, वसन्त सापकोटा र बादल लिम्बुको सङ्गीतमा तयार भएको यो अल्बममा राजेश पायल राई, अन्जु पन्त, स्वरूपराज आचार्य, प्रमोद खरेल, दीपक लिम्बु, रजिना रिमाल, प्रविशा अधिकारी र निकिता थापाको स्वर छ ।

केही गीतमा सङ्गीतकार बादलकै स्वर छ । बादलले आफूलाई सङ्गीतमा जस्तै गायनमा पनि अब्बल साबित गरेका छन् । उता हङकङमा भद्रकलालाई एकल गायनमा राजेश पायल राई, बादल लिम्बु, प्रविशा अधिकारीले साथ दिए । १ दर्जन गीतहरू उनीहरूले प्रस्तुत गरेका थिए । भद्रकलाकै गीतमा नायिका मरिष्का पोखरेलले नृत्य पनि गरेकी थिइन् । असहाय अशक्त बिरामीको सहयोगार्थ सम्पन्न सो कार्यक्रमबाट उठेको पैसाले भद्रकलाले सामाजिक कार्यलाई निरन्तरता दिने बताएकी छिन् ।

प्रतिक्रिया