अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

काली प्रसाद बास्कोटाको आवाजमा ‘इन्स्टाको फोटो’ सार्वजनिक

बिआरटीनेपाल २०७५ पुष ३० गते ११:४० मा प्रकाशित

काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक गरिएको छ । ‘जी 21 डिजिटल’को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकबाट निकै मन पराइएकी रेश्मा घिमिरेलाई पनि देख्न सकिन्छ । हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भि.यफ.यक्सको काम गरेका छन् । भिडियोलाई असीम शाहले निर्देशन गरेका हुन् ।

‘नेपाली गीत सङ्गीतको बजार पनि फराकिलो भइरहेको र जी २१ डिजिटल मार्फत स्तरीय सङ्गीतलाई प्रोत्साहन गर्ने हेतुले आफूहरू म्युजिक भिडियोतर्फ पनि केन्द्रित भएको निर्देशक असीम शाहले बताए । यस अघि ‘जी २१ डिजिटल’ मार्फत सार्वजनिक गीत ‘नाच फिरिरि’ ले पनि विभिन्न रेकर्ड राख्न सफल भइसकेको छ ।

प्रतिक्रिया