अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

अनेसास जापानको ४९ औ शृङ्खलामा राम लामा ‘अविनाशी’ सम्मानित

बिआरटीनेपाल २०७५ पुष २९ गते २२:३० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको नियमित साहित्य शृङ्खला अन्तर्गत यही जनवरी १३ तारिख टोकियोमा ४९ औ साहित्य शृङ्खला सम्पन्न भएको छ । 

संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख आथित्यता रहेको कार्यक्रममा अमेरिकाबाट पाल्नुभएको अनेसास बोर्ड अफ ट्रस्टी (BOT) का नवनिर्वाचित कोषाध्यक्ष तथा बिआरटी नेपाल डट कमका मेनेजिङ डाइरेक्टर राम लामा ‘अविनाशी’ को विशिष्ट आतिथ्य रहेको थियो । साथै केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ संस्थापक शरदकुमार गौचन, पूर्व अध्यक्ष द्वय बेलुक़ाज़ी थापा, आलोक चालिसे, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, सल्लाहकार पुस्करजंग थापा, अग्रज जिज्ञानकुमार थापा पत्रकार प्रेमिला गौचन, राम जङ्ग कार्की, राजकुमार पण्डित, यमकान्त कन्डेल लगायतको आथित्यता रहेको थियो ।

उक्त अवसरमा बोर्ड अफ ट्रस्टीका नवनिर्वाचित कोषाध्यक्ष राम लामा ‘अविनाशी’ लाई स्वागत तथा सम्मान गरिएको थियो । हालै मात्र सम्पन्न बोर्ड अफ ट्रस्टीको चुनावी प्रक्रियामा लामा सर्वसम्मत रूपमा कोषाध्यक्षमा चुनिनु भएको हो । वहाँलाई अनेसास जापानको तर्फबाट अध्यक्ष दीप पाठक र केन्द्रीय उपाध्यक्ष प्रकाश पौडेल माइला र संस्थापन अध्यक्ष डा. कुमार बस्नेतले खादा ओढाएर स्वागत तथा सम्मान गर्नुभएकोथियो । साथै अनेसास पुरस्कार समितिमा सर्वसम्मत चयन हुनु भएकोमा डा. कुमार बस्नेतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा कवि गोष्ठीको आयोजना गरिएको थियो । कवि गोष्ठीमा हेमन्त गिरी, आनन्द अधिकारी, गिरिजा गैरे ,सबिना रेग्मी,दीपा घिमिरे, गङ्गा गगन, राजु क्षितिज, शेखर विकल्प, रविन शर्मा, प्रकाश पौडेल ‘माइला’, आलोक चालिसे, राम लामा ‘अविनाशी’, बेलुकाजी थापा, दीप पाठक, अरुण पौडेल, सुमित गिरी लगायतका श्रस्टाहरुको साहित्यिक सिर्जनाले कार्यक्रम सुन्दर बनेको थियो । कार्यक्रममा सचिव रविन शर्माको स्वागत मन्तव्य रहेको थियो भने महासचिव अरुण पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष दीप पाठकको सभापतित्त्वमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू