अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३३ | Colorodo: 17:48

जापानमा वेद पौडेलको स्मृतिमा श्रद्दान्जली सभा सम्पन्न

बिआरटीनेपाल २०७५ पुष २९ गते २२:१० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले आफ्नो ४९ औ साहित्यिक शृङ्खला जनवरी १३ तारिख तारिख टोकियोको शिनओकुबो स्थित नेपाली मुराहलमा सम्पन्न गरेको छ । उक्त अवसरमा जापान च्याप्टरका पूर्व अध्यक्ष स्व. वेदप्रसाद पौडेलको स्मृतिमा तस्बिरमा पुष्प अर्पण गरी शोक तथा श्रद्दान्जली सभा गरिएको थियो । कार्यक्रममा स्व. वेदप्रसाद पौडेलको जापान बसाइ र साहित्यिक योगदानको बारेमा चर्चा गरिनुको साथै वहाँको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । स्व. पौडेलको स्मृतिमा ५०,००० यान राशिको ‘वेदप्रसाद नव युवा साहित्य पुरस्कार’ को स्थापना गरिएको घोषणा संस्थापक अध्यक्ष कुमार बस्नेतले गर्नु भयो । यो पुरस्कार जापान भित्र रहेर साहित्य लेखन र सिर्जनामा योगदान पुर्‍याउने युवा पुस्तालाई हरेक वर्ष दिइन्छ

संस्थापक अध्यक्ष डा. कुमार बस्नेतको प्रमुख आथित्यता रहेको कार्यक्रममा अमेरिकाबाट पाल्नुभएको अनेसास बोर्ड अफ ट्रस्टी (BOT) का नवनिर्वाचित कोषाध्यक्ष राम लामा ‘अविनाशी’ को विशिष्ट आतिथ्यता रहेको थियो । साथै केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ संस्थापक शरदकुमार गौचन, अग्रज जिज्ञानकुमार थापा, पूर्व अध्यक्ष द्वय बेलुक़ाज़ी थापा, आलोक चालिसे, पत्रकार महासघ जापानका अध्यक्ष मोहन घले, सल्लाहकार पुस्करजंग थापा, पत्रकार प्रेमिला गौचन, राम जङ्ग कार्की, राजकुमार पण्डित, यमकान्त कन्डेल लगायतको आथित्यता रहेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै डा. कुमार बस्नेतले अनेसास जापान च्याप्टरको स्थापना गर्दाको सन्दर्भ र वेद पौडेलको ऊर्जाशील शक्तिबारे चर्चा गर्नु भयो । विशिष्ट अतिथिको आसनबाट राम लामा ‘अविनाशी’ ले पौडेलको निधनले समग्र अनेसास परिवारलाई अपूरणीय क्षति पुगेको कुरा बताउनु भयो । संस्थापक शरदकुमार गौचन जिज्ञानकुमार थापाले जापानमा रहेको नेपाली समुदायलाई वहाँले दिनु भएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रम संस्थाका अध्यक्ष दीप पाठकको सभापतित्त्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू