अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

सानफ्रासिस्कोमा राष्ट्रिय एकता दिवस तथा पृथ्वी जन्म जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७५ पुष २९ गते ९:४३ मा प्रकाशित

सानफ्रासिस्को, अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रासिस्को वे एरिया निवासी नेपालीहरूले राष्ट्रिय एकताका प्रतीक तथा आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाह को २९७ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम सम्पन्न गरे । वे एयिामा कृयासिल सामाजिक संस्थाहरू मदरल्यान्ड नेपाल, नेपाल विश्व सहयोग सङ्घ, पश्चिम अमेरिका नेपाली महासङ्घ, लायन्स क्लब अफ सानलियान्ड्रो मनकामनाले उक्त कार्यक्रमको आयोजना गरेका हुन । 

उक्त अवसरमा शिक्षाविद् सुरेश भट्टले पृथ्वीनारायण शाहको योगदानमाथि प्रकाश पारेका थिए । उनले धर्म प्रचारकहरूले नेपालको इतिहासलाई गलत ढङ्गले लेखेर नेपालीहरूलाई विखण्डन गर्न प्रयास गरेको बताए । पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण नगरेको भए आज हामी नेपाली भनेर गर्व गर्न नपाउने बताए । पृथ्वी वर्ष व्यक्ति अग्रणी समाजसेवी उत्तम कार्कीले नेपाली एकता दिवसबाट प्रेरणा लिएर नेपाली समाजले वे एरियामा नेपाली कम्यिुनिटी सेन्टर बनाउन झन्डै १७ सय हजार डलर जम्मा पारेको बताए । कार्यक्रमका सभापति मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष तथा पूर्व पर्यटन दूत अनिल पाण्डेले राष्ट्रिय एकताका प्रतीक बडामहाराज पृथ्वीनारायण शाहको जन्मजयन्तीमा नेपाल सरकारले राष्ट्रिय बिदा दिनु पर्ने बताए ।

सहभागीहरूलाई स्वागत गर्दै प्रिन्स युवराज कार्कीले इतिहास बिस्यौ भने हामी पनि बिर्सिइने छौ भन्ने कुरामा जोड दिए । यसै गरी समाजसेवी रविन्द्र राईले पृथ्वीनारायण शाह एकताको प्रतीक भएको भन्दै पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा पूर्वी नेपालमा रहेका किराँत राज्यहरूलाई कूटनीतिक ढङ्गले नेपालमा समावेश गरेका कारण पूर्वेलीहरूले नेपाली भन्न पाएकोमा गर्व गरेको बताए । व्यवसायी नारायण सोनीमाले आफू व्यवसायी भएको र राष्ट्र निर्माताको कारण आजको नेपाल सम्भव भएकोले आफ्नो कार्यालयमा पृथ्वीनारायण शाहको फोटो राख्ने गरेको बताए । 

युवा समाजसेवी राजेन्द्र जोशीले राष्ट्र निर्माता गोर्खाका राजा भएर पनि काठमाण्डौलाई नेपालको राजधानी बनाएको तथा नेवारी परम्पराको देवी कुमारी प्रथालाई निरन्तरता दिएको विषयलाई उल्लेख गर्दै पृथ्वीनारायण शाह समावेशीतामा जोड दिने राजा भएको बताए । पत्रकार प्रेम परिवारले पृथ्वीनारायण शाहलाई स्मरण गरिरहँदा नेपाल एकीकरणको क्रममा विसे नगर्चीले पुर्‍याएको योगदानलाई पनि भुल्न नहुने बताए । गुरु¥ङ समाजकी सुनिता गुरु¥ङले नयाँ पुस्तालाई समेत एकता दिवसको बारेमा बताउँदै जानु पर्ने बताइन । अर्का वक्ता सुजित सिंहले एतिहास मेटाइयो भने हाम्रो भविष्य पनि मेटिने भएकोले एकता दिवस प्रति गर्व गर्नु पर्ने बताए । उमेरले सबभन्दा सानी वक्ता मनसुन पाण्डेले अमेरिकामा भएका नेपालीहरूले समग्र नेपालको प्रतिनिधित्व गर्ने भएकोले सबै नेपालीले असल आचरण गर्नु पर्नेमा जोड दिइन ।

सोही कार्यक्रममा वे एरियामा रही नेपाली समाजमा उल्लेख्य योगदान तथा अनवरत रूपमा राष्ट्र निमार्ताको गरिमा वृद्धि गर्न विशेष भूमिका निवार्ह गरेको उपलक्ष्यमा पश्चिम अमेरिका नेपाली महासङ्घ ९ध्ब्ल्ब्० का अध्यक्ष तथा समाजसेवी उत्तम कार्कीलाई पृथ्वी गौरव सम्मान तथा वर्ष पुरुष २०१८ ले सम्मानित गरियो । यसै गरी सर्वज्ञ वाग्ले, सागर श्रेष्ठ, प्रेम परिवार, केशव कार्की, मनसुन पाण्डे लगाएका सञ्चारकर्मीहरूलाई पनि सम्मान गरियो । समाजमा सकारात्मक सन्देश प्रकाशन गरी नेपाली नेपाली बिच एकताको सन्देश फैल्याउन सहयोग गरेको भनी उनीहरूलाई सम्मान गएिको बताइएको थियो ।

डिकेन्द्र मास्के, तारा बराल, गीता डङ्गोल, दुर्गा दाहाल, राजेन्द्र थापा, मणि पनेरू, टकं भण्डारी, लक्ष्मी केसी–कार्की, पृतेश कार्की, दुर्गा दाहाल, पुनम शाक्य लगायतका वक्ताहरूले आफ्नो भनाइ राख्दै एकता दिवसको शुभकामना दिएका थिए । कार्यक्रम सञ्चालक चन्द्र धितालले गरेका थिए । 

प्रतिक्रिया