अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

नारी

समीर आचार्य २०७५ पुष २८ गते २२:३३ मा प्रकाशित

(सम्पूर्ण नारीहरूलाई समर्पित )

पराई घरको सपनाहरू, सधैँ साकार पारि
आफ्नू थर नै बदलेर तिनी अघि सरि
रिजाउछिन आर्काई समाज, सधैँ मरी मरी
कहिलेपनि थाक्दिनन् ती , तिमी धन्य नारी

दुख सधैँ गर्छिन् उनी बाधा अद्चान टारी
आफ्नू छैन कुनै मूल्य, बन्दिनन् अधिकारी
ठुलो छाती चोखो माया उनी उपकारी
जस्तो पनि सहने तिमी धन्य रहेछउ नारी

पालन पोषण गर्छिन् सन्तान उनी संस्कारी
आशु पीइ दश धारा बगाउछिन, कहिले नहारी
मुस्कान तिनको गहना, तिनी सिङ्गो फुलबारी
तिमी यो धर्तीको वरदान धन्य तिमी नारी

घरको इज्जत हेर्छिन् उनी, स्वोइछ्या पछि सारी
कुनै कसिंगार कतै भए, बढार-कुदाङ गरी
देवी तिनी कहिले काली दुष्टहरूलाई मारी
तिम्रै श्रीष्टि यो संसार नै,धन्य तिमी नारी, धन्य तिमी नारी !!