अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

अब नेपाली चलचित्र प्रेमलीला फागुन १० मा

बिआरटीनेपाल २०७५ पुष २८ गते १०:१६ मा प्रकाशित

माघ २५ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको फिल्म ‘प्रेमलीला’ले आफ्नो प्रदर्शनलाई पछि सारेको छ । फिल्मको भिएफएक्सको काम सकिन अझै केही समय लाग्ने भएपछि फिल्म निर्माण टिमले प्रदर्शनलाई पछि सारेको फिल्मकी नायिका दीपशिखा खड्काले बताएकी छिन् । फिल्म अब फागुन १० गते देखि प्रदर्शन हुनेछ । वितरक कम्पनी र निर्माण टिम बिच फागुन १०मा फिल्म सार्वजनिक प्रदर्शनमा ल्याउने सहमति भइसकेको समेत नायिका खड्काले बताएकी छिन् ।

अन्तर्देशीय प्रेमकथा समेटिएको फिल्मको फर्स्ट लुक र दुई गीत सार्वजनिक भइसकेको छन् भने ट्रेलर छिट्टै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम लागेको छ । पवन गौतमको छायाङ्कन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा महेश खड्का, नवीन कार्की र रविराज शाहको सङ्गीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

फिल्ममा दीपशिखा खड्का, भारतीय मोडल अलि खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरू अर्चना सुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया