अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२४ | Colorodo: 12:39

सर्जकसँग एकसाँझमा हरि अधिकारीका एक दर्जन कविता

बिआरटीनेपाल २०७५ पुष २८ गते १०:०१ मा प्रकाशित

सिर्जना उत्सव, बोस्टनले आयोजना गरेको “सर्जकसँग एक साँझ” कार्यक्रममा साहित्यकार हरि अधिकारीले एक दर्जन कविता वाचन गरेका छन् | नेपाली पत्रकारिता र साहित्यमा चर्चित व्यक्तित्व अधिकारीले अमेरिकाको बोस्टन साहित्यिक रूपले अत्यन्तै उर्वर रहेको बताउँदै सिर्जनाको निरन्तरताले सर्जकलाई सिर्जनात्मक रूपले परिष्कार गर्न मद्दत पुग्ने बताए | कार्यक्रममा सिर्जना उत्सव परिवारका सबै साहित्यिक सदस्यको सिर्जना शक्ति उच्च रहेको मूल्याङ्कन गर्दै आगामी दिनमा पनि कार्यक्रमको निरन्तरताको कामना गरे |

नमस्ते नेपाली रेस्टुरेण्टमा आयोजना गरेको कार्यक्रममा हरि अधिकारीका साथमा सुशील नेपाल, गोवर्धन पूजा, दीपा राई पुन, अनु शाह, महेश्वर पन्त, कृष्णराज खनाल, हरि काफ्ले, गौरव थपलिया, थानी रत्न कंडेल, लव अधिकारी, सुमन नेपाललगायतले सिर्जना वाचन तथा मन्तव्य व्यक्त गरे |

छ वर्षअघि अमेरिकाको बोस्टनमा सुरु भएको सिर्जना उत्सवले प्रत्येक महिनाको अन्तिम आइतबार सिर्जना उत्सव गर्दै आएको छ भने बाहिरबाट आएका साहित्यकारको सम्मानमा रात्रिभोजको आयोजना गरी “सर्जकसँग एक साँझ” कार्यक्रम गर्दै आएको छ | 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू