अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीव्दारा प्रतिबन्धित भारतीय रुपैयाँ सटहीबारे भारतको ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ पुष २७ गते १९:२० मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिबन्धित भारतीय रुपैयाँ सटही बारे भारतको ध्यानाकर्षण गराएका छन् । चौंथो राइसिना डायलगलाई सम्बोधन गर्न नयाँ दिल्ली पुगेका परराष्ट्र मन्त्री ज्ञावली नेपाल राष्ट्र बैंकमा रहेको भारतीय रुपियाँ सटहीकोलागि आग्रह गरेका हुन ।  भारतीय समकक्षी सुष्मा स्वराजबीच नयाँ दिल्लीमा  भेटवार्ता उनले भारु सटिहको विषयका सम्वन्धमा भएको प्रगतिका बारे प्रश्न गरेका थिए ।

नेपालमा प्रतिबन्धित पाँच सय र एक हजार रुपैयाँका करिब आठ करोड रुपैयाँ रहेको अनुमान राष्ट्र ब्याङ्कको छ। सर्वसाधारणसँग पनि धेरै परिमाणमा त्यस्ता भारतीय रुपैयाँ रहेकाले उनीहरूलाई ठूलै मर्का परेको नेपाल ब्याङ्कर्स एसोसिएशनले जनाएको छ । अर्कातर्फ सर्वसाधारणले भारतमा रोजगारी गरेर कमाएर ल्याएका पैसा पनि नसाटिदा सर्वसाधारण र ब्यवसायीहरुसँग रहेको भारतीय पैसा कागज बनेको छ ।

यसअघि जनकपुर र मुक्तिनाथ दर्शन गर्न आएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका भारतीय पाँच सय र एक हजारका नोट साट्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए। तर ती कुराकानी पनि हालसम्म फलदायी भएका छैनन्।

नोट बन्दीको घोषणका समयमा भुटानमा रहेको भारु नोट साटने तर नेपालको रहेको भारु साटन आनकानी गरेर करौडो रुपैयाँ कागज बनाउने काम भएको भन्दै त्यसलाइ उच्च तवरबाट तत्काल संवोधन गर्न ब्यवसायीहरुले आग्रह गर्दै आएका छन् ।

यसै गरी भारतीय विदेश मन्त्रिसँग भएको भएको भेटमा दुई देशबीचको सम्बन्धका साथै द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिमा समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाली पक्षले भैरहवा र पोखरामा निर्माणाधीन विमानस्थलबारे जानकारी दिंदै हवाई रुटबारे कुरा राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू