अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:११ | Colorodo: 11:26

भिजिट नेपाल २०२० : धार्मिक पर्यटनका लागि बेलायतमा उच्चस्तरीय समिति

बिआरटीनेपाल २०७५ पुष २७ गते ९:०५ मा प्रकाशित

नेपालसँग पहिलो कुटनीतिक सम्बन्ध स्थापना गरेको देश बेलायतमा ‘भिजिट नेपाल २०२०’ का लागि उच्चस्तरीय समिति बन्ने भएको छ । बेलायतका लागि नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदी क्षेत्रीको अध्यक्षतामा बन्ने समितिमा बेलायतस्थित  पर्यटनसँग सम्बन्धित संघसंस्था र त्यसका प्रतिनिधिहरु सदस्य रहनेछन् ।

यहि जनवरी १९ मा ‘भिजिट नेपाल २०२० उच्चस्तरीय समिति युके’ घोषणा गरिनेछ । लण्डनस्थित नेपाली राजदूतावासका अनुसार समितिमा सबैलाई समेट्ने तयारी भइरहेको छ । केहि वर्षयता  बेलायतबाट नेपाल जाने पर्यटकको संख्या तुलनात्मक रुपले वृद्धि भैरहेको लण्डनका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले जानकारी दिनुभयो।

उनका अनुसार सन् २०१५ मा करिब २९ हजार बेलायतीले नेपाल भ्रमण गरेकोमा २०१६ मा त्यो संख्या बढेर ४६ हजार भएको पुगेको थियो । त्यस्तै सन् २०१७ मा ५१ हजार हुदै गतवर्ष २०१८ मा ६३ हजार पुगेको बताइएको छ । सन् २०१९ मा ८० हजारे र २०२० मा १ लाख पर्यटक नेपाल भ्रमण गराउने योजना रहेको राजदूतावासले जनाएको छ ।

भिसा प्रक्रिया सहज

राजदूताबासबाट नेपाल भ्रमण गर्न चाहनेहरुका लागि भिसा प्रक्रिया सहज बनाइएको छ । एकैदिनमा भिसा दिनेगरी सेवा प्रदान गरिरहेको  दूतावासले जनाएको छ । साथै अनलाइनबाट भिषा आबेदन गर्न सकिने र पोस्टमार्फत भिसा स्टिकर पठाइने तथा होम डेलीभरी सेवाको समेत व्यवस्था गरेको दूतावासले जनाएको छ । यसले लण्डन भित्रका भिसा आवेदकहरुको समय बचत हुने र लण्डन बाहिरकाको दूतावास आउने जाने खर्च समेत जोगिने गरेको छ ।

 धार्मिक पर्यटन कति सम्भव ?
संसारको सबैभन्दा उच्च हिमशिखर  सगरमाथाको देश नेपाल विश्वभर प्राकृतिक सौन्दर्यका लागि पर्यटकीय गन्तब्य बन्दै आएको छ । नेपालका मनमोहक हिमाल, वन्यजन्तु, चराचुरुङ्गी, पैदलमार्ग, जलविहारका साथै पर्यटकलाई गरिने स्वागतसत्कारका कारण पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ ।

त्यस्तै, पशुपतिनाथ र मुक्तिनाथ समेत नेपालमा रहेको तथा हाल अहिंसावादी एवम् ध्यानका लागि सुपरिचित बुद्ध धर्माबलम्बीहरुको पवित्रस्थल बुद्धको जन्मस्थल लुम्बिनी समेत नेपालमा पर्ने भएकाले विदेशी पर्यटकको रोजाइमा नेपाल पर्ने गरेको छ ।

यसैबीच जनवरीको पहिलो साता बेलायतको अल्डरसटमा आयोजित एक धार्मिक प्रवचन कार्यक्रममा दुई लाख भन्दा बढी पाउण्ड रकम संकलन भएको छ । शिव मन्दिर तथा कम्युनिटी सेन्टरको लागि भवन खरिद गर्न आवश्यक कोष जुटाउने उद्देश्यले आयोजना गरेको श्रीमदभागवत पुराण तथा वेद र बौद्ध दर्शनसम्बन्धी प्रवचन कार्यक्रमबाट उक्त रकम जुटेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू