अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१५ | Colorodo: 21:30

सिरियाबाट अमेरिकी सेना फिर्ता भए पनि सहयोगी मुलुकलाई साथ – अमेरिकी विदेशमन्त्री पोम्पेयो

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:५७ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री माइक पोम्पेयोले सिरियामा इरानको कुनै पनि प्रभाव पर्न नदिने बताउनुभएको छ । उहाँले सिरियाबाट इरान समर्थित सबैलाई हटाउन अमेरिकाले आफ्ना सहयोगीहरुसँग मिलेर काम गर्ने बताउनुभयो ।

इजिप्ट भ्रमणमा रहेका विदेशमन्त्री पोम्पेयोले कायरोमा पत्रकारहरुसँग कुरा गर्दै इरान र उसलाई सहयोग गर्ने लडाकु सिरियाबाट बाहिर नगएसम्म सिरियाका राष्ट्रपति बसर अल असदको नियन्त्रणमा रहेको क्षेत्रमा पुनर्निर्माणका लागि कुनै सहयोगसमेत नगर्ने प्रष्ट पार्नुभएको छ । उहाँले पूर्वराष्ट्रपति बाराक ओबामाको नाम नलिए पनि यसअघिको मध्यपूर्वसम्बन्धी अमेरिकी नीतिको आलोचना गर्नुभयो ।सो नीति पुरै गलत भएको पोम्पेयोको दावी छ ।

करिब तीन साताअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सैनिक फिर्ता लैजाने बताउनुभएको थियो । अमेरिकी राष्ट्रपतिको भनाइपछि निराश सहयोगी देशप्रति हौसला प्रदान गर्न विदेशमन्त्री पोम्पेयोले सहयोगी मुलुकहरुलाई साथ दिने बताउनुभएको हो । उहाँले सिरियाबाट अमेरिकी सेना फिर्ता भए पनि सहयोगी मुलुकलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया