अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

ईपीजीको प्रतिवेदन बुझ्न भारत सकारात्मक देखिएको परराष्ट्रमन्त्रीको भनाई

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:५३ मा प्रकाशित

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समुह (ईपीजी) ले तयार पारेको प्रतिवेदन बुझ्न भारत सकारात्मक देखिएको बताउनु भएको छ । ६ महिनाअघि तयार भएको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय अभावका कारण नबुझेको उहाँको भनाइ छ । नयाँदिल्लीस्थित नेपाली दूतावासमा आज आयोजित पत्रकार सम्मेलनमा भारतका विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा प्रतिवेदनको विषयमा छलफल भएको ज्ञवालीले जानकारी दिनुभयो ।

दुई मुलुकको संयुक्त समझदारीमा बनेको प्रतिवेदन बुझ्ने र त्यसलाई कार्यावन्यन तहमा लैजान भारत सकारात्मक बनेको उहाँको भनाइ छ । नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरूले तयार पारेको प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्रीलाई र त्यसपछि नेपाली प्रधानमन्त्रीलाई बुझाउने निर्णय भएको थियो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षता गरिरहेको नेपालको भूमिकाबारे स्पष्ट पार्दै मन्त्री ज्ञवालीले आगामी समयमा सार्क सम्मेलनको आयोजना हुनेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो । नेपाली बैँकसँग थाती रहेका भारतीय नोटका सम्बन्धमा भारतीय विदेशमन्त्री स्वराजसँग छलफल भएको जानकारी दिँदै नोट साटने आश्वासन पाएको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू