अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

सुडानमा मूल्यवृद्धिको विरोधमा उग्र प्रदर्शन, २२ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:४७ मा प्रकाशित

सुडानमा पाउरोटी र इन्धनको मूल्यवृद्धिको विरोधमा चर्किएको आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनको क्रममा हालसम्म मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

सुडानी सरकारले पाउरोटीमा २ सुडानी पाउन्ड र इन्धनमा दोब्बर मूल्यवृद्धि गरेपछि आन्दोलन चर्किएको हो । राजधानी खार्तुममा ठूलो संख्यामा भेला भएर नागरिकले प्रदर्शन गरेपछि प्रहरीले कारबाही गर्दा उनीहरुको मृत्यु भएको बताइएको छ ।
जनस्तरमा असर पर्ने गरी मूल्यवृद्धि गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरु र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा कयौं घाइते भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल बसिरको राजीनामासमेत माग गरेका छन् ।

मूल्य समायोजनको मागसहित प्रदर्शनमा उत्रेका सयौैं प्रदर्शनकारीले सरकारको विरोध गर्दै ठाउँठाउँमा सडक अबरुद्ध गर्नुका साथै सरकारी र सार्वजनिक सवारी साधनमा आगजनीसमेत गरेका छन् । मययता खटपट देखिएको थियो । मिश्रले पार्टी एकलौटी ढंगले चलाएको आरोप थापा पक्षले लगाउँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू