अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:४४ मा प्रकाशित

विवेकशील साझा पार्टी एकता भएको डेढ वर्ष नपुग्दै विभाजित भएको छ । विवेकशील साझा पार्टीका दुई सहसंयोजकमध्ये उज्वल थापाले ‘विवेकशील नेपाली दल’ नामको नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
पार्टीका ४२ प्रतिशत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित नयाँ दल दर्ताका लागि निवेदन दिइएको दाबी गरिएको छ । हस्ताक्षर प्रमाणित गरेर दल दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर–३ को प्रदेशसभामा सो पार्टीका तीनजना सांसद रहेकामा विराजभक्त श्रेष्ठ र रमेश पौडेल नयाँ पार्टीतिर लाग्नुभएको छ भने शोभा शाक्य पुरानै पार्टीमा रहनुभएको छ । २०७४ साल साउनमा उज्वल थापा नेतृत्वको विवेकशील नेपाली र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी बनेको थियो ।

विवेकशील साझा पार्टीमा केही समययता खटपट देखिएको थियो । मिश्रले पार्टी एकलौटी ढंगले चलाएको आरोप थापा पक्षले लगाउँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू