अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३७ | Colorodo: 02:52

पृथ्वी जयन्तीमा राप्रपाको चियापान

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:४१ मा प्रकाशित

पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा चियापान गरेको छ । राष्ट्रिय सभागृहमा आयोजना भएको चियापानमा पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतकाको सहभागिता रहेको थियो ।

चियापान कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका सुत्रधार पृथ्वी नारायण शाहको सम्मानमा उहाँको जन्मदिन मनाउनु पर्ने बताउनुभयो । पृथ्वी जयन्तीलाई सरकारले पूर्ण रुपमा मन्यता दिएर राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू