अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

नवौ संस्करणको पोखरा महोत्सव शुरु

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:३९ मा प्रकाशित

पोखराको अमरसिंह चौरमा नवौ संस्करणको पोखरा महोेत्सव शुरु भएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा शुरु भएको महोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभएको हो ।

महोत्सव आगामी माघ ८ गते सम्म अमरसिंहचौरमा हुनेछ । महोत्सवबाट देशको कला, संस्कृति, भेषभुषाको संक्षणमा टेवा पुर्याउन, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरि देशलाई समृद्धितर्फ लैजान, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउन, पोखराको पर्यटकिय स्थानको बारेमा जानकारी दिने उद्देश्य राखिएको छ ।

आन्तरिक तथा बाह्य उत्पादित वस्तुको बजार सहजीकरण गराउन, सबै कलाकाहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउन, आर्थिक चलायमान गराई रोजगार सृजना गराउन र क्षेत्रगत विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एंव बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एंव जानकारी, सुचना प्रविधिहरुको प्रदर्शनी एवं जानकारी लिन सकिनेछ ।

यसका साथै व्यवसायिक संघसंस्थाहरुको सेवाबारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी, पर्यटन प्रवद्र्धनात्मक सामाग्रीहरुको प्रदर्शनी एंव जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एंव जानकारी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुती, कृषि अटो मेला पनि महोत्सवका आकर्षणका रुपमा रहेका छन् ।

नेपाली संस्कृति झल्कने प्रस्तुतीका साथै पोखरा महानगरपालिका वडा नं. ३०, ३१ र ३२ मा निर्मित चिडियाखानाको प्रत्यक्ष अवलोकन गराइने, चमेनागृहको व्यवस्था, बालउद्यान, प्रदेश स्तरिय लोकदोहोरी गीत प्रतियोगिता र झाँकी प्रतियोगीता, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहेको आयोजक संस्थाका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिनुभयो । महोत्सवबाट १ करोड २६ लाख १० हजार आम्दानी, ८७ लाख ५० हजार खर्च र ३८ लाख ६० हजार बचत हुने आयोजकले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू