अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

७ दर्जन सिनेमा हलमा चौका दाउ

बिआरटीनेपाल २०७५ पुष २६ गते ११:३८ मा प्रकाशित

काठमाडौँ, सामाजिक कथामा आधारित हास्य प्रधान चलचित्र ‘चौक दाउ’ मुलुक सात दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । यसका परिकल्पनाकार एवम् कथाकार शम्भुजित बास्कोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरु पाएको छ ।

‘माघे सक्रान्तीको अवसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौँ । यो फिल्मले दर्शकलाई दुई घण्टासम्म पुरा हँसाउने छ ।’ यो चलचित्रका सङ्गीतकार शम्भुजित बास्कोटाले भने ।

सौर्य जीत बास्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई चलचित्रलाई काठमाडौँमा के बी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ । फिल्मलाई काठमाडौँमा पनि राम्रो सो दिइएको वितरक गोपाल कायस्थले बताएका छन् ।

निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा चार चौकाको रूपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौँ चौकाको रूपमा अजश्र ढुङ्गानालाई देख्न पाइन्छ । फिल्मकी एक मात्र ‘मिस्सी’को रूपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशङ्कर रिजाललगायत छन् ।

पौढदेखि तन्नेरी पुस्तासम्मका पुरुषहरूको युवती प्रतिको आकर्षण र त्यसैले निम्त्याउने परिणाममा यो फिल्म केन्द्रित रहेको छ । फिल्मलाई परिवारमा बसेर हेर्न सकिने निर्देशक झाको भनाई छ । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए । 

चौका दाउमा वसन्त श्रेष्ठको नृत्य र भिमफेदी गाईजको नृत्य निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण व्यवस्थापन रहेको छ । यो चलचित्रको दुई गीत ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ चर्चामा छ । फिल्म अष्टेलियामा समेत प्रदर्शन गरिने भएको छ । 

प्रतिक्रिया