अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

ह्यारी भण्डारीद्धारा वेदलाई साक्षी राखेर अमेरिकामा स्टेट डेलिगेटको सपथ ग्रहण

बिआरटीनेपाल २०७५ पुष २६ गते ९:०२ मा प्रकाशित

नेपाली मुलका ह्यारी भण्डारीले अमेरिकामा स्टेट डेलिगेटको सपथ ग्हण गर्नुभएको छ । भण्डारीले हिन्दू धर्मावलम्वीको महान ग्रन्थ वेदलाई साक्षी राखेर सपथ लिनुभएको हो । अमेरिकाको इतिहासमा हाउस अफ डेलिगेटमा विजयी हुने भण्डारी पहिलो नेपाली हुनुहुन्छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ को स्टेट डेलिगेटमा उहाँ विजयी हुनुभएको थियो । राजधानी एनापलिसस्थित स्टेट हाउसमा बुधबार अपरान्ह भण्डारीले पदको सपथ ग्रहण गर्नुभएको हो ।

भण्डारीले आफ्नो विजयलाई ‘कर्मभूमी अमेरिकाको मूलधारको राजनीतिमा नेपालीको उपस्थितिको मिर्मिरे बिहानी’ भन्नुभएको छ । ‘यो विहानी ल्याउन योगदान पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्छु,’ सपथ ग्रहरण समारोहमा उनले भने, ‘म त निमित्त मात्र हुँ । म यसको श्रेय मेरो जन्मभूमी र कर्मभूमीसँग साइनो गाँसिएका र यो अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैसँग बाँढ्न चाहन्छु ।’

गत जुन २६, २०१८ मा भएको प्रथम चरणको निर्वाचनमा डेमोक्र्या्टिक दलका तर्फबाट उहाँ दोश्रो स्थान हासिल गरी बिजयी बन्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू