अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

सम्वृद्धिको दिशाबाट पछाडि फर्कन सकिदैन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:४५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको दिशामा अगाडि बढिसकेको भन्दै अब त्यसबाट पछाडि फर्किन नसक्ने बताउनुभएको छ । २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका सन्दर्भमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुक अब पछाडि फर्किन नसक्ने बताउनुभएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान, सांस्कृतिक संस्थानले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले केहीले आफूलाई आँकडामा खेलेको भनेर आरोप लगाएको भन्दै आफूलाई आँकडामा खेल्न कुनै शोख नभएको बताउनुभयो । “केहीले मलाई आँकडामा खेल्यो भने, मलाई आँकडामा खेल्ने कुनै शोख छैन। आँकडामा खेलेर कहीँ पुगिँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयोे, ’आँकडामा परिवर्तन गर्नुपर्छ । उपलब्धिले आँकडा परिवर्तन गरेर प्रस्तुत गर्ने हो।’ प्रधानमन्त्रीले काम गरेर आँकडा परिवर्तन गर्ने बताउनुभयो ।

अहिले मन्त्रिपरिषदमा कानुन बनाउने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले कानुन जस्तो कुरा ध्यान दिएर पास गर्नुपर्ने भएकोले हेलचेक्रयाइँ गर्नु पनि नहुने बताउनुभयो । राजतन्त्र फर्काउने सपनामा मुख नमिठ्याए हुन्छ अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले मान्छेहरूका बीचमा जन्मसिद्ध श्रेष्ठ भन्ने कुरा पाखण्डी कुरा भएको भन्दै अहिलेको युगमा जन्मसिद्ध श्रेष्ठ भन्ने कुरा सम्भव नभएको बताउनुभयो । आफूले ज्ञानेन्द्रलाई भेट्दा ज्ञानेन्द्रले मेरो पुर्खाले आर्ज्याको मुलुक भनेर रिसाएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

माघ १९ ले अब राजतन्त्र समाप्तिको दिशातर्फ गएको स्मरण गर्दै प्रधानमन्त्रीले अब कसैले राजतन्त्र फर्किन्छ भनेर त्यसरी सोच्न नहुने बताउनुभयो । उहाँले कुनै पनि बलले राजतन्त्र फर्कन नसक्ने ठहर समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू