अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१ | Colorodo: 09:06

डाक्टर केसीका माग बुझ्न सकिएन – मन्त्री बास्कोटा

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:३५ मा प्रकाशित

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अनशनरत डाक्टर गोविन्द केसीको माग बुझ्न नसकिएको बताउनुभएको छ । सरकारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले डा. केसीले उठाएका धेरै मागहरू स्वीकृत भैसकेको दावी गर्दै उहाँ के का लागि अनशन बस्नुभएको हो वुझ्न नसकिएको बताउनुभयो । मन्त्री बास्कोटाले भन्नुभयो, “डा. केसीले कहिले जुम्ला, कहिले इलाम चाहियो पनि भन्नुहुन्छ । दिन पनि हुँदैन भन्नुहुन्छ । दिंदा पनि हुन्न भन्नुहुन्छ, त्यो अलिक बुझ्न सकिएन ।”

डाक्टर केसीले अघिल्लो पटक १५ औं अनशन जुम्लाबाट सुरू गर्नुभउको थियो भने हाल केसी इलाममा पुगेर १६ औं अनशनमा हुनुहुन्छ । “केसीको सन्दर्भमा सबै माग पूरा भए जस्तो लाग्छ । उहाँले चिकित्सा शास्त्रलाई सुधार गर्ने विषयमा जे कुरा उठाउनुभयो । संसदका समितिहरूले निर्णय दिइसकेका छन्। उहाँका मागहरू सम्बोधन भएका छन’, बाँस्कोटाले भन्नुभयो” ।
सरकारका प्रवक्ता मन्त्री बास्कोटाले केसीलाई ‘के माग सम्बोधन भएन ?’ भन्दै प्रतिप्रश्न समेत गर्नुभएको छ । समितिले निर्णय गरिसकेको अवस्थामा केसीले उत्सव मनाउनुपर्ने उहाँको तर्क थियो । मन्त्री केसीले अरु कसैका लागि काम गरेको हो भन्दै शंका समेत व्यक्त गर्नुभयो ।

“अरु विषयमा केसी जीले के- के गर्नुहुन्छ, कता÷कता मिटिङ गर्नुहुन्छ, बैठक के–के , कस–कसको कुरा हामीलाई पनि त्यतिधेरै थाहा भएन । कस- कसको अनुरोधमा उहाँले कुरा उठाउनु भएको छ थाहा भएन’, बाँस्कोटाले भन्नुभयो । उहाँले केसीले खिचडी पकाउन खोजेको आरोप समेत लगाउनुभएको छ ।

‘विशुद्ध प्रोफेसनल हो कि अरु केही खिचिडी सिचडी पनि धुँवापत्ता केही लगाउन सकिन्छ भन्ने जस्तो पनि देखिन्छ’, बाँस्कोटाले केसीले राखेको मागबारे भन्नुभयो, ’यस विषयमा मैले धेरै केही भन्दिन ।’ बास्कोटाले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेका सदस्य सांसद योगेश भट्टराईले करिब ९५ प्रतिशत केसीका माग पूरा भएको उल्लेख गरेको समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू