अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

देश सकस र कपटपूर्ण अवस्थामा गुज्रियो – पुर्वराजा ज्ञानेन्द्र शाह

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:३२ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने बताउनुभएको छ । उहाँले राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा देश आज “सकसपूर्ण र कपटपूर्ण” अवस्थामा गुज्रेको दाबी समेत गर्नुभएको छ ।

शाहले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाली राष्ट्रिय एकताका प्रवद्र्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभअवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

“एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूंदैन । भुलेर, अलमलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ” शाहले जारी गरेको शन्देशमा उल्लेख छ ।

पूर्वराजा शाहले बडामहाराजाधिराजको दिव्य उपदेशको औचित्य स्मरण गराउँदै उक्त दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घातप्रतिघातको कालो बादल मडारिएको बताउनुभयो । एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने भन्दै उहाँले नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पू¥याउने, अनूशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो ।

“नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिँड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौ”पूर्व राजा शाहले सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू