अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

डेमोक्रेटिक सांसद्हरुसंग राष्ट्रपति ट्रम्पको वार्ता भंग

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:३० मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेट अभावका कारण विगत १९ दिनदेखि आंशिक बन्द रहेका सरकारी कार्यालय खुलाउने विषयमा डेमोक्रेटिक नेताहरुसँगको वार्ता भंग भएको छ ।

डेमोक्रेटिक नेता एवं तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी र चक शुमरले अमेरिका र मेक्सीकोबीच पर्खाल लगाउनका लागि विनियोजन गरिएको बजेटमा सहमती नजनाएपछि राष्ट्रपति ट्रम्पले समयको वर्वादी मात्रै भन्दै वार्ता भंग गर्नुभएको हो ।
बजेट अभावले सरकारी कार्यालय आंशिक बन्द भएपछि झण्डै ८ लाख कर्मचारीले तलब पाउन सकेका छैनन् । अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै डेमोक्रेटिक नेताहरुलाई सीमा सुरक्षाका लागि आफ्नो योजनामा सहयोग गर्न भनेको तर उनीहरुले हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानदेखिको प्रतिबद्धतामा रहेको सीमा पर्खाल निर्माणका लागि संघीय सरकारका कार्यालयहरु सञ्चालनका लागि तय गरिएको बजेटबाट रकमको व्यवस्था गर्नु पर्ने अडान लिँदै आउनुभएको छ । रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवैले लम्बिँदै गएको सरकारी कामकाज ठप्पका लागि एकअर्कालाई दोष लगाइरहेका छन् । संघीय सरकारका कर्मचारीलाई तलब खुवाउन नसक्नु राष्ट्रपति ट्रम्पका लागि समग्र नोक्सानी रहेको सभामुख न्यान्सीको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू