अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 13:57

राष्ट्रिय एकता दिवस’को दिन सरकारले सार्वजनिक बिदा नदिने

बिआरटीनेपाल २०७५ पुष २६ गते ८:२७ मा प्रकाशित

पुस २७ अर्थात् ‘राष्ट्रिय एकता दिवस’को दिन सरकारले सार्वजनिक बिदा नदिने भएको छ । सरकारक निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राष्ट्रिय एकता दिवसका लागि बिदा दिनु नपर्ने धारणा राख्नुभयो ।

यो दिवस मनाएर दर्शाउने भएका कारण यसका लागि बिदा आवश्यक नपर्ने उहाँको तर्क छ । विभिन्न पार्टी र पक्षले पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा बिदा दिनुपर्ने माग गर्दै आएका छन् । इतिहास शिरोमणि बाबुराम आचार्यको सुझावमा वि.स २०१२ सालदेखि नेपालमा पुस २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको थियो ।

यसैबीच इलाम पुगेर १६ औं अनशन थालेका डा गोविन्द केसीका माग पूरा भइसकेको सरकारले दाबी गरेको छ । पत्रकार सम्मेलनमा बास्कोटाले केसीका माग सबै पूरा भइसकेको बताउनुभयो । उत्सव मनाउनुपर्ने बेलामा डा केसीले अनशन बस्नु राम्रो नभएको मन्त्री बाँस्कोटाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू