अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

कतारमा २८५५ औं सोनाम ल्होछार बृहत मनाउन विशेष तयारी

बिआरटीनेपाल २०७५ पुष २५ गते ८:५७ मा प्रकाशित

तामाङ समुदायको भेषभुषा,भाषा,धर्म संस्कार संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ सन् २००५ मा स्थापित नेपाल प्रवासी तामाङ समाज कतारद्वारा बिगतको बर्षहरुमा झैं यस बर्षपनि तामाङ जातिको महान चाड मन्जुश्री सम्बत २८५५ औं सोनाम ल्होछार फग ल्हो (ड्वा)को पावन अवसरमा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ।

सन् २०१९ फेब्रुअरी ८ शुक्रबारका दिन कतारको अमवाज क्याम्प २ को मिसाईदमा हुन गईरहेको उक्त कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक आरबि लामा, चर्चित सेलो गायिका जितु लोप्चन, दोस्रो चितवन आइडल सुरेश लामा, चर्चित म्हेन्दोमाया गायक चिजा लामा (लेकाली) लाई नेपालबाट आमन्त्रण गरिएको छ।स्थानीय समय अनुसार बिहान् को १०ः०० बजेबाट प्रारम्भ हुने उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको पनि दमदार प्रस्तुति रहने आयोजकले जनाएको छ।

नेपाल प्रबासी तामाङ समाज कतारका सचिवालय सदस्य एवं कार्यक्रम संयोजक प्रेम घिसिङ तामाङले जानकारी गराए अनुसार दर्शकहरुको लागि भोजनको व्यवस्था पनि हुनेछ।यसका साथसाथै नेपाली दर्शकहरूको यातायात समस्यालाई मध्यनजर गर्दै आयोजकले निःशुल्क यातायातको व्यवस्था समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू