अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 21:25

गंगामाया राष्ट्रसंघीय कार्यालयमा, न्यायका लागि सहयोगको अपिल

बिआरटीनेपाल २०७५ पुष २५ गते ८:४८ मा प्रकाशित

गोरखा, फुजेलकी गंगामाया अधिकारीले नेपालस्थित राष्ट्रसंघीय कार्यालयमा पुगेर न्यायका लागि सहयोगको अपिल गर्नुभएको छ । बुधबार राष्ट्रसंघीय कार्यालयका संयोजक भ्यालरी जुलियन्डसँगको भेटमा उनले राज्यले आफ्नो परिवारलाई न्याय दिन नसकेको भन्दै आफूले भोगेको अन्यायलाई अन्तर्रा्ष्ट्रिकरण गर्न सहयोग गरिदिन आग्रह गर्नुभयो ।

न्यायका लागि आफ्नो संघर्ष जारी रहको पनि गंगामायाले बताउनुभएको छ । उहाँले संयुक्त राष्ट्रसंघको न्यूयोर्क्स्थित मुख्यालयमै पुगेर न्यायको गुहार माग्ने इच्छा पनि व्यक्त गर्नुभयो । नेपालस्थित राष्ट्रसंघीय कार्यालयले आफ्नो ‘म्यान्डेट’भित्र रहेर सहयोग गर्ने आश्वासन दिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू