अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

भ्रष्ट मनहरू

राजन थपलिया २०७५ पुष २४ गते २१:०३ मा प्रकाशित

(कथा)

चुरोट धेरै नखा मर्लास् भन्दा ऊ भन्थ्यो- त्यसो भए संसारमा मर्ने जति सबै चुरोट खाएर को भएरै मरेका हुन त ? यो शिक्षा प्रणाली नै गलत हो भन्दै, सरहरूसँग घन्टौँ चर्को बहस गर्थ्यो । कक्षा ८ म पढ्दा पढ्दै उसलाई शिक्षा प्रणालीमा निकै खराबी छ, भन्ने लाग्यो । यो पढेर केही काम नहुने देख्यो । त्यो बेला हजुर आमाले भनी रहनु हुन्थ्यो “बाबु पढाई नछोड राम्रो पढिस् भने कसैले नि तलाई हेप्न चेप्न सक्दैन तर पढ्न छोडिस् भने सबैले हेला गर्छन् । बाबु त्यसैले पढ्न जा- भन्दा उसले हजुर आमाको केही कुरा सुनेन अनि जबाफ फर्काइ हाल्यो- त बुढीको होस धेरै जान्ने हुने पढ्न मन लागे त जान त । तलाई के थाहा, के राम्रो के नराम्रो । धेरै दिमाग न खा । जवानीमा आफू पढ्ने बेलामा चाही मोज मस्ती गरेर हिडिस अहिले चाही हम्लाई अर्ती दिन्छे, तेरो अर्ती त आफै राख ।

त्यस पछिका दिनहरू जुवा तास खेल्ने, सधैँ तरुनी केटीको पछि लागेर हिँड्ने अनि ओल्टो कोल्टो कोही नदेख्ने बित्तिकै केटीलाई समाती हाल्ने । त्यो बेला कति सम्म अन्ध विश्वास थियो कि ब्रामणसँग तल्लो जातको छोरी चेलीले महिनावारी नहुँदै यौन सम्बन्ध राख्यो भने धर्म हुन्छ भन्ने घटिया मन्यता थियो । त्यसैले भैरेले कसैलाई पनि बाकी राखेन । स्कुलमा हुँदा पनि सधैँ साथीहरूलाई पिट्ने किताब च्याती दिने गर्दथ्यो । अझ समीरलाई त एक दिन मर्ने गरी पिटेर सिस्नु घारीमा फ्याँकिदिएको थियो । उनी कक्षामा सबैलाई इस्या गर्दथ्यो । उ सबैलाई निकै सताउँथ्यो। भैरे ८ कक्षा म पढ्ने भए पनि उमेर चाही १६ वर्ष काटी सकेको थियो । यसरी नै दिनहरू बित्दै गए । भैरे राजनीतिमा लागि सकेको थियो । गणतन्त्रको अन्धो भक्त भई सकेको थियो । उसका साथीहरूले जिस्काउँदै उसको नाम नै “गणतन्त्र” राखी दिएका थिए । उ आफू लाई निकै चतुर ठान्दथ्यो ।

भैरे एक दिन बाटोमा हिँडिरहेको थियो । अचानक २ तला माथि झ्यालबाट एक युवतीले सेक्स सिम्बोल दिइन अनि त भैरे पागल जस्तो बेचैनी भयो । उत्तेजित हुँदै सरासर त्यही युवतीको कोठा तिर लाग्यो । ती युवतीले यस्तो व्यवहार गरिन कि भैरेलाई वर्षौँ पुरानो साथीलाई भेटे जस्तो लाग्यो । रिया यस्ती युवती थिएन जसले जवान पुरुषहरू लाई खेलौनाको रूपमा हेर्थिन । शरीरले इच्छा गर्दा युज गर्थिन जब खेल सकिन्थ्यो अनि थोत्रो कागज झैँ फ्याकी दिन्थिन ।

आज त्यसै खेलमा भैरे पनि एक थोत्रो कागज भएको थियो । रिमालाई सेक्सको आनन्द प्रेममा हुन्छ भन्ने राम्ररी थाहा थियो । उनी एक शिक्षित नारी थिएन । तर के गर्नु लामो समय सम्मान कसैलाई प्रेम गरेकी थिइन तर बोय फ्रेन्डले विवाह गर्न नमाने पछि केटाहरू सबै स्वार्थी हुन्छन्, अनि यिनीहरू हाम्रा खेलौना हुन भन्ने भावना उनको मनमा विकास भई सकेको थियो । एक वर्ष पछि उनको त्यही बोय फ्रेन्ड लिन आयो । रिना उसको मायामा यती पग्ली सकेकी थिइन कि वर्णन गर्ने कुनै शब्द छैन । अनि केही वर्ष पछि रिनाको विवाह त्यही Boyfriend सँग भयो । आज उनी Business Women को रूपमा निकै सुखी जीवन बिताइ रहेकी छिन । भैरे भने त्यो हिजो भेटिएकी केटी रिनालाई आज पनि चान्स पाइन्छ कि भनेर त्यो बाटो ५, ६ महिना सम्म त्यही बाटो हिँडिरहन्थ्यो तर त्यसपछि उसको भेट रिनासँग कहिले भएन ।

देशमा निरङ्कुश राजतन्त्रको जरा उखेल्न महान् जन-आन्दोलन भइरहेको थियो । भैरे पनि त्यसको नेतृत्व गरी रहेको थियो । सडकको गल्ली गल्लीमा, चोक चोकमा ऊ सधैँ अघि अघि पुलिसलाई झम्टिन जान्थ्यो । कतिलाई त हात खुट्टा भाँची दिएको थियो । उ पनि कहिले काहीँ मर्ने गरी पिटाइ खान्थ्यो । आखिर निरङ्कुश राजतन्त्रको जरा उखेलियो । उसका साथीहरू अब भैरेलाई गृह मन्त्री बनाउनु पर्छ भन्थे । धेरैले पार्टी अध्यक्षलाई सिफारिस पनि गरी दिएको थियो । तर उसको हैसियत केन्द्रीय स्तरमा नभएको कारणले अनि पढाई लेखाइ पनि त्यति न भएको कारण ले ऊ माथि जान सकेन ।

त्यसपछि पार्टीको सिफारिसमा पर्यटन मन्त्रालयमा पिउनको जागिर दिइयो । मन्त्री बन्ने सपना देखेको भैरे त्यो सपना पुरा हुन नपाउँदा निकै दुखी थियो । राजनीति गर्‍यो आखिर उसले के पायो । यस्तो तल्लो स्तरको जागिर त राजनीति नगरेको भए पनि पाइ हालिन्थ्यो नि जस्तो उसलाई लाग्यो पुरा राजनीति प्रति उसलाई घृणा लाग्यो । उमेरले चालिस काटी सकेको थियो । विगत सम्झी पछुतो मनी रह्यो ।

जे भए पनि आज पहिलो दिन अफिस गयो । सिधै हाकिमको अफिसमा गयो, ढोकाको घण्टी बजायो अनि एक्कासि ढोका खुल्यो । सिर झुकाउँदै नमस्ते सर भन्यो उ झल्याँस्स भयो समीरलाई त्यहाँ देखेर आफू सँगै पढ्ने साथी हाकिम अनि आफू चाही पिउन भित्र-भित्र निकै लाज लाग्यो उसलाई ।

समीरले अचानक भन्यो त किन यहाँ ? तल जा सबै सिसाहरू अनि टोइलेट सफा गर । भैरेको अनुहार कालो निलो भयो । आज बल्ल उसको आँखा खुल्यो । आफ्नो हैसियत कहाँ समीरको हैसियत कहाँ, धिक्कार छ मेरो जिन्दगी भन्दै विगत सम्झन थाल्यो अनि पढाई छोड्ने बित्तिकै उसको हजुरआमाले भन्नु भएको त्यो वाक्यको सम्झना आयो । त्यो बेला हजुर आमाले भनी रहनु हुन्थ्यो “बाबु पढाई नछोड राम्रो पढिस् भने कसै ले नि तलाई हेप्न चेप्न सक्दैन तर पढ्न छोडिस् भने सबैको हेला सहनु पर्छ अनि त्यो दिन नै थाहा हुन्छ तलाई पढाइको महत्त्व त त्यो दिन झल्याँस्स ब्युँझने छस् ।” स्वर्गीय हजुरआमालाई सम्झी रह्यो । त्यही वाक्यले दिन भरी पोली रह्यो । टोलाएको देखेर समीरले भन्यो ओ.. भैरे के टोलाएर बसेको जा…. भने को सुनिनस् । भैरे ले जबाफ फर्कायो मेरो कुरा त सुन…. समीर म तिम्रो साथी हो यसरी नहप्काउ….। समीरले भन्यो व्हाट? what a nonsense? । पिउनले हाकिमलाई तिमी भन्ने ओ मिस्टर बुढो भई सकिस् तेरो बुद्धि कहिले आउँछ ह । कोसँग कसरी बोल्नु पर्छ भन्ने थाहा छैन । निलो मुख लगाउँदै कोठाबाट बाहिर निस्कँदै थियो । अचानक एक वयस्क युवतीसँग ठोकिन पुग्यो ।

त्यो ठोकिने युवतीको अनुहारमा हेर्‍यो रिना पो रैछ । अनि भन्यो ओ तिमी यहाँ हाकिम साहेबकोमा कसरी को हौ तिमी ? मैले तिमीलाई कति खोजे कहाँ गाको थियौ ? समीर त्यो सबै देखी रहेको थियो चिच्याएर भन्यो what a nonsense? मेरो Wife सँग ठोकिएर हिँड्ने त को होस । समीरले रिनासँग सोध्यो तिमी चिन्छौ रिना यो को हो ? रिनाले भनिन मलाई थाहा छैन को हो यो इडियट कस्ता कस्ता मान्छेलाई हायर गर्नु हुन्छ डियर तपाईँ पनि । यो मैले गरेको होइन रिना यहाँ सबै सोर्स फोर्स त चल्छ नि । भैरे डराउँदै सिसा पुछ्न गै सकेको थियो ।

यसरी नै दिनहरू बित्दै थियो । नारायण हिटी दरबार सङ्ग्रहालय बनी सकेको थियो त्यहाँ जनताले पनि प्रवेश पाउने भनेर सरकारले घोषणा गर्‍यो ।त्यो दिन भैरे विकै खुसी थियो किनकि देशमा गणतन्त्र ल्याउन उसले पनि ठुलो भूमिका खेलेको थियो । त्यसको प्रथम दिन प्रचण्ड घाम र गर्मी सहँदै भैरे पनि नारायण हिटी अगाडी टिकेट काटेर लाइनमा बसी रहेको थियो । मान्छेहरूको भिड निकै थियो । भिड नियन्त्रण गर्न पुलिसहरूले अस्रु ग्यास छोड्यो । भैरे केही बिरामी थियो । भिडमा उ छिटो दौडन सकेन फेरी एक्कासि लाठी चार्ज भयो । भैरेको टाउकोमा लाठीको वर्षा भयो । शरीर रक्ताम्य हुँदै टाउकोबाट निकै रक्तस्राब भयो । आखिर, नारायण हिटी सङ्ग्रहालय हेर्ने सपना अधुरो नै रह्यो । छट्पटिदै अन्तिम शब्द गणतन्त्र, गणतन्त्र भन्दै संसार ऊबाट बिदा भयो ।

प्रतिक्रिया