अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

अमेरिकाबाट “सच्चीको साथमा..” कार्यक्रम टोलीबाट नेपालका अनाथहरूको लागि रु ५ लाख ३५ हजार सहयोग

विजय थापा २०७५ पुष २४ गते २०:२३ मा प्रकाशित

दोस्रा पुस्ताका बालबालिकाहरूको समेत उत्साहजनक सहभागिता

वासिङ्टन डिसी । “सच्चीको साथमा..” नामक कार्यकमको टोलीले नेपालको विकट गाउँ बाजुराका अनाथहरूको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैयाँ ३६ पैसा सङ्कलन गरेको छ । उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी “सच्चीको साथमा “नामक कार्यक्रमकी प्रस्तोता सच्ची मैनालीले जानकारी गराइएकी छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाइएको छ भने नेपाली रुपैयाँ ४ लाख १३ हजार ७ सय ६४ रुपैयाँ हुन् गएको छ । उक्त रकम गो फन्डको खर्च कटाएर पठाइएको हो । 

उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी “सच्चीको साथमा “नामक कार्यक्रमकी प्रस्तोता सच्ची मैनालीले जानकारी गराइएकी छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाइएको छ भने नेपाली रुपैयाँ ४ लाख १३ हजार ७ सय ६४ रुपैयाँ हुन् गएको छ ।

नेपालका चर्चित कान्छा सामाजिक अभियन्ता केपी खनाल स्वयम्ले नेपालको विकट बाजुराका करिब ४० अनाथ बालबालिकाहरूका लागि सुरुआत गरेको अनाथ बालगृह निर्माणको निर्माणका लागि आवश्यक आर्थिक सहयोगका लागि पहल गरिदिन अनुरोध गरेपछि तत्कालै नि:सर्त उक्त अभियान इनेप्लिज डट् कम अनलाइन मिडियाको “सच्चीको साथमा” टिमले नि:स्वार्थ उक्त अभियानलाई हातेमालो गर्दै केही साता अघि मात्र गो-फण्ड मार्फत अमेरिकाबाट आर्थिक सहयोग अभियान थालिएको थियो।

नेपालको विकट गाउँ बाजुरामा बन्दै गरेको अनाथहरूको बालगृह निर्माण कार्यमा आर्थिक अभावका कारण भवनको छत हाल्ने तथा अन्य विविध निर्माण कार्य रोकिएको हुँदा उक्त कार्य कुनै पनि हालतमा रोकिनु हुन्न र यसका लागी अपुग रकम मध्ये संसारभरका नेपाली परिवारजनहरूबाट अनुरोध गर्ने र यसै क्रममा अमेरिकावासी नेपाली समुदायबाट करिब ३ लाख नेपाली रुपैयाँ जति सङ्कलन गर्ने लक्ष्य राखेको अभियानका अभियन्ता के पी खनालले बताएका थिए।

उनैको विशेष अनुरोधपछि उक्त अभियानलाई इनेप्लिजको घर बास र प्रवासको समसामयिक विषय समेटिँदै सञ्चालनमा रहेको चर्चित कार्यक्रम “सच्चीको साथमा” का टिमले अमेरिकाका लागी सहयोग सङ्कलन र उक्त अभियानमा सहकार्य गरेको हो।

३ हजार अमेरिकी डलरको लक्ष्य राखेर सुरु गरिएको “हेल्प फर दि होमलेस किड्स अभियान सुरु गएको करिब २६ घण्टामा रकम सङ्कलन भएको हो ।

८७ जना विभिन्न मनकारी दानवीरहरूबाट प्राप्त उक्त सहयोग रकमले अब अनाथ बालबालिकाहरूका लागि बन्ने बाल आश्रम बन्न अब नरोकिने र समय मै निर्माण सम्पन्न हुनेमा सबै ढुक्क भएका छन् ।

दान सहयोगमा विशेष दोस्रा पुस्ताका नेपाली अमेरिकी बालबालिकाहरूको उत्साहजनक रूपमा सहभागिता रहेको छ । ती स-साना बालबालिकाहरूमा आफ्नो मातृभूमि प्रतिको प्रेम, घरदेशको अवस्था र विशुद्ध समाजसेवाको भावनालाई जागृत गराउँदै यस्ता अभियानहरूमा सहभागी गराउन सफल भएकोमा अमेरिकाको डिसी महानगर क्षेत्रबाट सञ्चालित बिधुतिय पत्रिका (अङ्किय पत्रिका) ईनेप्लिज डट कमको “सच्चीको साथमा” नामक कार्यक्रम कि प्रस्तोता सच्ची मैनाली सहित उनको समूहले यो अभियान सोचे भन्दा सफल भएको जनाएको छ ।

यसले उक्त टोलीलाई थप उत्साह र जिम्मेवारी थपिएकोले भावी दिनहरूमा यस्ता अन्य मानवीय सहयोगका अभियानहरूलाई समेत निरन्तरता दिँदै लगिने सम्पूर्ण शुभचिन्तकहरूमा जानकारी गराउँदै कार्यक्रम सञ्चालिका सच्ची मैनालीले भविष्यमा समेत यसरी नै सबैले साथ, सहयोग र सहकार्य गर्ने कुरामा आफूहरू विश्वस्त रहेको बताएकी छिन्।

साथै हाल सम्म बाजुराको अनाथ बालगृह निर्माणको लागि जम्मा गो-फण्ड तथा प्रत्यक्ष रूपमा गरेर रू ५ लाख ३५ हजार ७ सय ९ रुपैयाँ ३६ पैसा आर्थिक सहयोग सङ्कलन भएको छ भने भविष्यमा पनि अझै केही दाताहरुले सहयोग गर्ने इच्छा व्यक्त गरेको मैनालीले जानकारी गराइन्।

गत डिसेम्बर २८ तारिखमा सुरु गरिएको गो-फण्ड मार्फत सच्चीको साथमा टिमले हातेमालो गरेर कान्छा अभियन्ता के. पी खनालको बालगृह निर्माणको आर्थिक सहयोग सङ्कलन अभियान सुरु भए लगतै डिसेम्बर २९ तारिखको साँझ भित्र नै लक्षित सहयोग रकम सङ्कलन भएको थियो ।

अमेरिकी बिदाका दिनहरूका कारण आज जनवरी ८ तारिख मात्रै खाताबाट रकम झिकी नेपाल पठाइएको र हाललाई उक्त गो-फण्ड खाता बन्द भएको जानकारी गराउँदै उक्त ठुलो रकम भन्दा पनि सबैको सहभागिता र थोरै रकम प्रदान गर्न सकियोस् होस् भन्ने हेतुले गरिएको आवाज सबैले सुनी सहयोग गरेको बताइन ।

अभियानलाई विभिन्न सञ्जालहरू मार्फत शेयर गरी प्रचारप्रसारमा सहयोग गर्नुहुने जान अनजान करिब ३९७ सहयोगीजनहरु र करिब ८७ जना मनकारी सहयोगदाताहरु र सम्पूर्ण टिम प्रति हार्दिक आभार व्यक्त गरेकी छिन्।

उनले अगाडी भनिन – “अनाथ बालबालिकाहरूलाई ओत लाग्ने ठाउँ बन्नै पर्छ र परदेशमा रहेर पनि देशमा केही सहयोग गर्ने यो राम्रो अवसर पनि हो भन्दै इजरायलबाट समेत १ लाख नेपाली रूपैंयाको सहयोग प्राप्त भएको बताएकी छिन्।

आफ्ना दुई मुटुका टुक्राहरू ६ वर्षकी डिएला ओली र दुई वर्ष पनि नपुगेकी आविगेल ओलीको नाममा बुवा दीपक प्रसाद ओली र आमा ईश्वरी बानिया ओलीले समेत हाम्रो यस सच्चीको साथमा कार्यक्रमबाट सुरु गरिएको सहयोग सङ्कलन अभियानलाई साथ र सहयोग गरेको जानकारी गराउनु भएको छ । काठमाडौँमा २१ हजार ९ सय ४५ रुपैयाँ हस्तान्तरण भई सकेको छ ।

सामाजिक अभियन्ता दीपक प्रसाद बलिले उक्त रकम यसै कार्यक्रमको दौरानमा समूहसँग सम्पर्क र समन्वय गरी हस्तान्तरण गर्ने जानकारी गराउनु भएको छ । उल्लिखित रकम मध्ये अब मात्र १ लाख रूपैंया यसै हप्ता हस्तान्तरण नेपालमै हुने मैनालीले बताएकी छिन् । 

प्रतिक्रिया