अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५९ | Colorodo: 11:14

पैसा निकालेपछि सर्वोच्चको आदेशः सुमार्गीको खाता रोक्नू

बिआरटीनेपाल २०७५ पुष २४ गते १९:२८ मा प्रकाशित

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ । 

यही पुस १० गते न्यायधीश दीपकराज जोशीको इजलासले अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो ।

उक्त आदेशपछि सुमार्गीले मुक्तिश्री सिमेन्ट कम्पनीको नाममा आएको करिब ८४ करोड ९७।५ मिलियन अमेरिकी डलर० रकम बैंकबाट झिकिसकेका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा खबर छ ।

मंगलबार प्रधान्यायधीश चोलेन्द्र शमशेर जबरा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले यसअघिको उक्त अन्तरिम आदेशलाई निरन्तरता नदिनू र उनको खाता पहिलकै अवस्थामा राख्नू भनी आदेश जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू