अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पुरस्कार समितिले पायो पूर्णता

बिआरटीनेपाल २०७५ पुष २४ गते ९:०७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पुरस्कार समितिले पूर्णता पाएको छ । “अनेसास बोर्ड अफ ट्रस्टी” का अध्यक्ष गीता खत्रीको अध्यक्षतामा हालै सम्पन्न बैठकले प्रा. डा. गोपीकृष्ण उप्रेतीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । गठित समितिको सदस्यहरूमा शिव लामिछाने, डा. कुमार बस्नेत, दीपा राई पुन र ईश्वरी प्रसाद भट्ट रहनुभएको छ ।

अनेसासले प्रत्येक २ वर्षमा अमेरिकामा विशेष कार्यक्रमको आयोजना गरी विभिन्न विधाका उत्कृष्ट कृति तथा तिनका श्रष्टाहरुलाई सम्मान सहित पुरस्कृत गर्दै आएको छ । अनेसासले स्थापना कालदेखि हालसम्म विभिन्न राशिका १ दर्जन जति पुरस्कार निरन्तर प्रदान गर्दै आइरहेको छ ।

विश्वभरि साहित्यिक सञ्जाल विस्तार गर्न सफल अनेसासका करिब १ सय च्याप्टरहरू सक्रिय रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू