अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:५८ मा प्रकाशित

गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले सन् २०२२ सम्म प्रदेशमा २० लाख पर्यटक भित्राउने अभियान सुरु गरेको बताउनुभएको छ । आन्तरिक भ्रमण वर्ष सफल पार्न गण्डकी प्रदेशका सरोकारवालासँग सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले त्यसका लागि चालु आवको फागुनदेखि पोखरा–सिमरा, चैतमा नेपालगञ्ज–पोखरा सीधा हवाइ उडान संचालन गरिने जानकारी दिनुभयो ।

प्रदेशमा आन्तरिक पर्यटक भित्राउन २०१९ मा कार्यक्रम गरिने र २०२० मा चीन र भारतबाट पर्यटक भित्राउने, २०२१ मा पोखरा विमानस्थलमा दैनिक ४ हजार पर्यटक उतार्ने र २०२२ मा २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्राउने योजना सहित सरकार अघि बढेको लम्सालको भनाई छ ।

प्रदेश घुम्न आएका पर्यटकको स्वागतका लागि होटल, ट्याक्सी, रेष्टुरेन्ट, ट्रेकिङ एजेन्सी लगायतले नमस्ते अभियान सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । सरकारले गण्डकी प्रदेशभित्र पर्यटकीय गन्तव्यका प्याकेजमा निर्धारित शुल्क पनि तोकिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको सो कार्यक्रममा पर्यटन व्यवसायी, पत्रकार, बुद्धिजीवी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधिले आन्तरिक भ्रमण वर्ष सफल पार्न महत्वपूर्ण सुझाव दिएका थिए । उनीहरुले पर्यटकीय गन्तव्य पहिचान गरी निजी क्षेत्रलाई लगानीको वातावरण र सरकारले भौतिक संरचना बनाइनुदिर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू