अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

अमेरिका र चीनबीच व्यापार युद्ध अन्त्य गर्ने पहल सुरु

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:५५ मा प्रकाशित

अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्य गर्ने विषयमा पहल सुरु भएको छ । दुई मुलुकका प्रतिनिधिबीच व्यापार युद्धलाई लिएर बेइजिङमा वार्ता सुरु भएको हो ।

पछिल्ला दिनमा दुवै मुलुकबीच चुलिएको व्यापारसम्बन्धी विवाद हल गर्ने उद्देश्यसहित अधिकारीहरुले वार्ता सुरु गरेको बीबीसीले जनाएको छ । एक वर्ष अघि दुबै मुलुकले एक अर्काको सामानमा अर्बौ रुपैयाँ बराबरको कर वृद्धि गरेका थिए ।
आजसम्म चल्ने वार्तामा बढेको कर आगामी ९० दिनसम्मका लागि फिर्ता गर्ने सहमति हुने संकेत देखिएको छ । दुई मुलुकबीचको व्यापार युद्धका कारण विश्व अर्थतन्त्रमा परेको असरका विषयमा पनि छलफल भइरहेको छ ।

वार्तामा अमेरिकाका तर्फबाट अमेरिकी उपव्यापार प्रतिनिधि जेफरी गिरिसले नेतृत्व गर्नु भएको छ । वार्तामा आपसी विश्वास र समानताको आधारमा दुई पक्षीय व्यापार युद्धलाई हल गर्ने प्रयास भइरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू