अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२८ | Colorodo: 16:43

नेपाली कांग्रेसले छायाँ सरकार बनाउने

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:५१ मा प्रकाशित

नेपाली कांग्रेसले छायाँ सरकारको अभ्यास गर्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको १० महिनापछि नेपाली कांग्रेसले छायाँ सरकार गठनको तयारी थालेको हो। प्रमुख प्रतिपक्षीको कांग्रेसले ओली नेतृत्वमा सरकार बने लगत्तै छायाँ सरकार गठन गर्ने घोषणा गरेको थियो।

सरकारको कामकारबाहीको निगरानी गर्न संसदीय दलको विधानमै छायाँ सरकारको व्यवस्था गरेको छ। कांग्रेसले भने सरकार गठन भएको १० महिनापछि मात्रै छायाँ सरकारका बनाउने तयारी गरेको हो। छायाँ सरकार बनेपछि छायाँ मन्त्रीले आफूले पाएको मन्त्रालयको काम कारबाहीको निगरानी गर्नुपर्ने छ। आफूले गरेको निगरानीकै आधारमा संसदमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्नेछन्।

कांग्रेसले संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउन र सरकारका कामलाई अनुगमन गर्न छायाँ सरकार गठन गर्न लागेको सांसद प्रकाश स्नेहीले जानकारी दिनुभयो । यस अन्तर्गत नेकाले विशेष समिति गठन गर्नेछ । यी समितिमा सरकारका पुरै मन्त्रालय र विभाग हेर्ने गरी सांसद तोक्नेछ । कुन सांसदलाई कुन मन्त्रालय पर्यो भन्ने कुरा पछि जानकारी दिइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू