अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

प्रधानमन्त्री ओली, प्रचण्ड र देउवा बीच गोप्य सहमति

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:५० मा प्रकाशित

प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार बेलुका केही बिषयमा महत्वपूर्ण सहमति भएको छ । यसअघिसम्म एक अर्कोलाई कटाक्ष गरिरहेका प्रधानमन्त्री ओली र सभापति देउवाबीच मुलुकको विकाश र जनचासो लगायतका केही बिषयमा सँगै अगाडि बढ्ने सहमति भएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले ओदी प्रधानमन्त्र भएदेखि नै सरकारको विरोध गर्दै आएको छ । कांग्रेसले सरकार ढाल्ने उदेश्यले विभिन्न अभियान समेत संचालन गरिरहेको छ । सभापति देउवाले सरकारको हरेक कार्यको कडा आलोचना गर्दै आउनु भएको छ । देउवाले पछिल्लो पटक कर्मचारी समयोजनको बिषयलाई लिएर सरकारको कटाक्ष गर्नु भएको छ ।
त्यस्तै सरकारले केही राम्रा काम गर्दा समेत प्रमुख प्रतिपक्ष कांग्रेस र सभापति देउवाले निरन्तर विरोध मात्रै गरेपछि प्रधानमन्त्री ओलीले पनि त्यसको जवाफ दिन थाल्नु भएको छ । प्रधानमन्त्री ओलीले आइतबार संसदमा बिशेष सम्बोधन गर्दै सरकारले १० महिनाको अवधिमा सरकारले गरेका कामबारे बेलिबिस्तार लगाउनु भयो ।

सरकारले गरेका काम प्रस्तुत गर्ने क्रमममा प्रधानमन्त्री ओलीले प्रतिपक्षप्रति कटाक्ष समेत गर्नुभयो । प्रधानमन्त्रीले कडा आलोचना गरेपछि सम्बोधन लगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले सदमा बोल्न खोजे तर उनीहरुले बोल्न पाएनन । त्यही बिषयमा सत्ता र प्रतिपक्षबीच चर्काचर्की नै पर्यो । विवाद भएपछि संसद बुधबारसम्मको लागि स्थगित भयो । यसरी सत्ता र प्रतिपक्ष चर्काचर्को भएको भोलि पल्टै प्रधानमन्त्री ओली र सभापति देउवाबीच सहमति भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू