अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

विश्व बैंकका अध्यक्षद्वारा अप्रत्यासित राजीनामाको घोषणा

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:४७ मा प्रकाशित

विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गर्नुभएको छ । जिमले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको घोषणा गर्नुभएको हो । उहाँ बिगत ६ वर्षदेखि विश्व बैंकको अध्यक्ष रहँदै आउनुभएको थियो ।
५९ वर्षीय जिम सन् २०२२ सम्म विश्व बैंकको अध्यक्ष रहनुपर्ने भए पनि राजीनामा घोषणा गर्नुभएको हो ।

उहाँ सन् २०१७ मा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो । जिमले राजीनामाको कारण भने खुलाउनुभएको छैन । उहाँ विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले जनाएको छ ।

जिमले आफ्नो वक्तव्यमा विश्व बैंक जस्तो महत्वपूर्ण संस्थाको अध्यक्षका रुपमा काम गर्न पाउनु ठूलो सम्मानको कुरा रहेको उल्लेख गर्नुभएको छ । विश्व बैंकको नयाँ अध्यक्षको जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत क्रिस्टालिना जोर्जिएभाले लिने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू