अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

बख्तरबन्द रेल चढेर उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:४५ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा जानुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी वार्ताका बारेमा छलफल गर्न किम चीन गएको बताईएको छ । तीन दिने चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिसँग हुने आगामी वार्ताका मस्यौदामाथि चीनका राष्ट्रपति सी जिनपिङसँग छलफल गर्ने अनुमान गरिएको छ ।

गत जुनमा राष्ट्रपति ट्रम्पसँगको भेट अघि पनि नेता किमले चिनियाँ राष्ट्रपतिसँग परामर्श गर्नुभएको थियो । श्रीमती रि सोल जुसँगै नेता किम अति सुरक्षित मानिने बख्तरबन्द रेलमा बेइजिङ पुगेको बताइएको छ । उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार चीन उसको प्रमुख कूटनीतिक साझेदार पनि हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू