अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:४१ मा प्रकाशित

नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होउ यान्छीले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मंगलवार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा चिनियाँ राजदूत यान्छीले मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि सोमवार मात्रै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको थियो । ओहदाको प्रमाणपत्र पेश गरेसँगै राजदूूत यान्छीले औपचारिक भेटवार्ता सुरु गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू