अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

नवौ पोखरा महोत्सवको तयारी पुरा

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:३९ मा प्रकाशित

नवौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी पुस २७ देखी माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

महोत्सव आयोजक मुल समारोह समितीका अनुसार महोत्सव अवधिभर विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायिक संघ सस्थाहरुको वारेमा जानकारी प्रदान गरिनेछ । स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत गण्डकी प्रदेशमा रहेको पर्यटकीय स्थलहरुको जानकारी , सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती, कृषि तथा अटो मेला र बाल उद्यानका गतिविधीहरु समेत महोत्सवमा सञ्चालन हुने बताईएको छ ।

महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको बिकासमा टेवा पु¥याउने आयोजकको विश्वास छ । २ सय ५० वटा स्टल रहने महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवबाट १ करोड २६ लाख १० हजार अनुमानित आम्दानी र ८७ लाख ५० हजार खर्च गरी ३८ लाख ६० हजार वचत गर्ने आयोजकको अनुमान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू