अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षीसित मिलेर काम गर्ने सहमति – प्रचण्ड

बिआरटीनेपाल २०७५ पुष २४ गते ८:३१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दललाई समेत विश्वासमा लिएर अघि बढ्ने बताउनुभएको छ । मंगलबार चितवनमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा चितवनको पुनःनिर्माणका विषयमा भएको छलफलमा अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षीसित मिलेर काम गर्ने सहमति भएको दाबी गर्नुभयो ।

सोमवार प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवासहित वरिष्ठ नेताहरुकाबीचमा छलफल भएको र उक्त छलफलमा राष्ट्रिय मुद्दामा सहमति गरेर जाने सहमति भएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू