अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

अन्तर्राष्ट्रिय अदालत जाने दिपक मनाङेको चेतावनी

बिआरटीनेपाल २०७५ पुष २३ गते १९:०२ मा प्रकाशित

प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ दीपक मनाङेले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेका छन ।

प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि पद तथा गोपनीयताको शपथ नलिएका मनाङे यही पुस पुस ६ गते सर्वोच्चको आदेशबाट जेल मुक्त भएका थिए। जेल मुक्त भएसँगै सपथ गराइनुपर्ने मागसहित उनले एक साता अघि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए ।

सपथ गराउन ढिलो भएको भन्दै उनले आज प्रदेशसभा सचिवालय पुगी सभामुख अधिकारीसँग भेट गरेको बताईएको छ । भेटपछि उनले आफ्नो मागमा सभामुख सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । आफ्नो सपथ नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्ने मनाङेले बर्ताएका छन । मुख्यमन्त्री गुरुङसँग मनाङेले भेटे पनि मुख्यमन्त्री सपथका सम्बन्धमा केही नबोलेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू