अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

चोख्याउन ह्विपः उपसमितिले दोषी देख्यो, लेखाले उल्ट्यायो

बिआरटीनेपाल २०७५ पुष २३ गते १८:४२ मा प्रकाशित

काठमाडौँ – वाइडबडी विमान अनियमितता प्रकरणमा मुछिएका गृहसचिव प्रेमबहादुर राईलाई चोख्याउन सत्तारूढ नेकपाले संसद्को सार्वजनिक लेखा समितिका आफ्ना सदस्यलाई ह्विप लगाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

पार्टीको आदेश मान्दै नेकपाका सांसदले उपसमितिको प्रतिवेदन सोमबार उल्ट्याएका छन् । निलम्बन गरी हदैसम्म कारबाही गर्न सिफारिस गरिएका उनलाई समितिले ‘निर्दोष’ बनाएको छ ।

उपसमितिले कारबाही गर्न सिफारिस गरेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई पनि पार्टी नेतृत्वकै दबाबमा ‘नैतिक जिम्मेवारी’ मात्र लिनुपर्ने निचोड निकालेको छ । बहुचर्चित यस प्रकरणमा ४ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको उपसमितिको ठहर थियो । त्यसका मुख्य दोषीमा राई र अधिकारी पनि थिए ।

दुई साताअघि गठित उपसमितिले लेखा समितिलाई गत बुधबार बुझाएको प्रतिवेदनमा मन्त्री अधिकारीलाई ‘बदनियतपूर्वक मिलेमतो गरेको देखिँदा जिम्मेवारीबाट पन्छिन नमिल्ने’ भन्दै कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको थियो । संशोधित प्रतिवेदनमा ‘नैतिक जिम्मेवारी रहेकाले कानुनबमोजिम कारबाही गर्न मात्र’ सिफारिस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू