अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

मेक्सिकोको सीमामा पर्खाल लगाउनेमा कुनै सम्झौता हुँदैनः डोनाल्ड ट्रम्प

बिआरटीनेपाल २०७५ पुष २३ गते ८:२९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने बताउनुभएको छ । मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि चाहिने ५ अर्ब ६० करोड डलर संसद्ले विनियोजन गर्नुपर्ने उहाँको माग छ ।
राष्ट्रिय सुरक्षाका लागि पर्खाल लगाउन आफूले मागेको रकम संसद्ले विनियोजन नगरे राष्ट्रिय आपतकाल लागू गर्ने चेतावनी पनि उनले दोर्होयाउनुभयो । डेमोक्रेटिक पार्टीका सांसदहरु राष्ट्रपतिको मागमा सहमत हुन नसक्दा संसद्बाट पारित विनियोजन विधेयकमा ट्रम्पले हस्ताक्षरसमेत गरेका छैनन् ।

सोही कारण अहिले अमेरिकाको सरकारी काम आंशिक रुपमा ठप्प भएको छ । उहाँले सरकारी काम वर्षौंसम्म ठप्प पारेर भए पनि पर्खाल लगाउने आफ्नो चाहना पूरा गर्ने बताउनुभयो । तर डेमोक्रेटिक सांसदहरुले भने राष्ट्रपतिको पर्खाल लगाउने चाहना अनैतिक भएको बताइरहेका छन् ।

राष्ट्रपति ट्रम्पले अब सरकारी काम सुचारु गर्ने या नगर्ने भन्नेमा डेमोक्र्याटहरुमै भरपर्ने बताउनुभयो । डेमोक्र्याटहरुसँग केही दिन प्रतिक्षा गर्ने र त्यसपछि आवश्यक परे आपतकाल लागू गर्ने उहाँको भनाइ छ । अमेरिकी कानुनमा राष्ट्रिय आपतकालको अवस्था आएमा राष्ट्रपतिले सैन्य परियोजनाको काम सिधै गर्न सक्ने व्यवस्था छ ।

तर यसका लागि चाहिने बजेट रक्षा मन्त्रालयबाट आउने गर्दछ । जसलाई संसद्ले स्वीकृति गर्नुपर्ने हुन्छ । अमेरिकी काम ठप्प भएको विषयमा पुनः डेमोक्र्याट र रिपक्लिकनका नेताबीच वार्ता हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू