अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

लेखकको आत्महत्या

सुरेश यक्सो २०७५ पुष २२ गते २१:३० मा प्रकाशित

लेख्नेलाई के दिन के रात । के घाम के पानी । के जाडो के गर्मी । जसरी त्यसरी लेख्नु त हो । म भन्नु लेखन । लेखन अर्थात् सबकुछ । यो उमेरमा आएर न मलाई ढाँट्नु छ । न डराउनु । न कसैलाई फकाउनु नै । मेरो हरेक लेखाइ डेथबेडमा बसेर लेखेको आभास गरेको छु । त्यसैले सत्य लेख्छु । र त्यसैमा सन्तुष्ट छु । कथम्कथाचित अकस्मात मृत्‍युवरण गर्न परे मेरो कुनै गुञ्जाइस रहने छैन अब ।

नयाँ पुस्ताका लेखकहरूबाट आशा पलाएको छ । मिहिनेती छन् । देशबिदेशका पुस्तक पढ्छन् । छलफल गर्छन् । दाँच्छन् । आफूलाई स्वास्थ्य राख्छन् । स्वस्थ्य रहन सल्लाह पनि दिन्छन् । सुन्दर विचार सेयर गर्छन् । उनीहरूलाई धेरैले पढ्छन् । पछ्याउछन् । पुस्तकहरू बिकेका छन् । प्रविधिले पनि साथ दिएको छ । अब पेट पाल्न हामीलाई जस्तो गाह्रो हुने छैन । लेखिएका पुस्तक अङ्ग्रेजीमा दख्खलबाट अनुवादक गर्न सके देशबिदेशमा चर्चा त चुलिन्छ नै घर परिवार चलाउन पनि सजिलो हुनेछ । उनीहरूको मुहारमा खुसीको रेसाहरू कुद्नेछन् । सानको जीवन जिउने छन् नयाँ पिँढीले । हिजोआज यस्तै सोच्ने गर्छु ।

पछिल्लो चरण थुप्रैले लेखेको देख्छु । लेख्न खोजेको देख्छु । मलाई कसरी लेख्ने भनेर बारबार सोध्छन् । गाह्रो छ भन्छन् । म उनीहरूलाई सम्झाउने गर्छु । लेख्नेबारे लेखकहरूको आ(आफ्नै धारणाहरू छन् । म त भन्छु लेख्न केही गाह्रो छैन । जे आउँछ त्यही लेख्ने हो । देखेको, घुमेको र भोगेको लेख्ने त हो । लेख्नलाई बानी पार्नु पर्छ । सँगै अन्य पुस्तक पढ्दै जानु पर्छ । बुझेर लेख्छु भन्नेले लेख्दैन । सोखले लेख्दा ठिक छ । चोट पर्दा लेखेको पनि ठिक छ । गाह्रो त निरन्तरता दिन पो । गाह्रो सत्य लेख्न । गाह्रो बुझाउन । झन् गाह्रो मजस्तो लेखेर खान । तब न गाह्रो । मेरो उत्तर यस्तै हुने गर्छ ।

मलाई यमराजको कुराले रत्तीभर छुएन । उल्टो एकोहोरो भएँ । ती महिलालाई सोच्दासोच्दै दिमागमा विचित्र चित्र कोरिन थाल्यो । मैले यो किताब लेखिसकेपछि मलाई के फाइदा हुन्छ रु म त मरिहाल्छु ।

ढक ढक ढक
कसैले ढोका ढक्ढकायो ।
“महासय ढोका खुल्लै छ भित्रै आउनुस्” मैले भने ।
(लेखकज्यू नमस्कार ।
(नमस्कार । भन्नुस् के सेवा गरूँ ।
(म हजुरको फ्यान । सानो दुस्ख दिउ कि भनेर ।
( घरै आउनु भएछ कष्ट त यहाँले पो पाउनु भो । भन्नुस् के सेवा गरूँ रु छेउको कुर्सी देखाएर बस्न आग्रह गर्दै भनेँ ।

ठिटो २५र२६ वर्षको हुनुपर्छ । हेल्मेट पुरै नखोली उभोतिर फर्काएर मुहार देखिने गरी निधारमा लपक्कै टाँसेको छ । टाइट कालो टल्किने भेस्ट, हातमा हाल्फ पन्जा, स्लिम फिट पाइन्ट र खैरो छालाको जुत्तामा छ । ठिटो अलि हतारमा देखिन्थ्यो । पक्कै पनि कुनै किताब लेखेर सम्पादन गरिदिनु पर्‍यो भन्नलाई आएको होला । या भूमिका लेखिदिनु भन्ला । आजकाल त्यस्तो काम गर्दिन भनेर पटक पटक भन्दै हिँडेको छु । यो मान्छे घरमै आइपुगेछ । अब कसरी टार्ने होला रु म केही लेख्न खोजे जस्तो गर्छु ।

“लेखकज्यू समय भए मेरो कुरा पनि सुनिइदिनुहुन्छ कि रु”
“हजुर भन्नुस्”
“म यम । मतलब यमराज । म तपाईँलाई लिन आएको ।”

ठिटोलाई फर्केर हेरेँ । हाँसो लागेर आयो । फुत्कन लागेको खित्का थाम्दै, “महासय यस्तो भद्दा मजाक नगरेकै बेस होला । मेरो यो निजी झुपडीमा प्रान्क नगरिदिनु भए आभारी हुन्थे । माफ पाऊ मलाई अप्ठेरो नबनाइदिनुस् ।”
“मलाई थाहा थियो तपाईँले पत्याउनु हुन्न भनेर । लु हेर्नुस् ।” यमराजले आफ्नो रूप परिवर्तन गरी साक्षात् यमराजको भेषमा प्रकट भए ।

ओहो १ हो त रहेछ ।

लेखकज्यू १ अब पत्याउनु भयो । जाने होइन त मसँगरु
हुन्छ जाऊ
जानुभन्दा पैले एउटा कुरा सोधिहालुन् । त्यसो त हामी हरेकलाई सोध्ने गर्छौँ । अन्तिम इच्छा बारे । के छ तपाईँको अन्तिम इच्छा रु भन्नुस् पूरा हुनेछ ।
जिउने जति जिइ सकेँ । यो बोनसको जिन्दगी जिइराछु । छैन केइ इच्छा । हिन्नुस् जाऊ ।
सोच्नुस् फेरी । लेख्नु पर्ने । पूरा नभएका रहरहरू । कसैसँग लिनु पर्ने । कसैलाई भन्नु पर्ने त्यस्तो केही त होला रु

एक छिन घोत्लिएँ । अहँ १ आएन । भए भन्थे हुँला । लाग्छ मैले मेरो जिन्दगीको मुख्य पाटो लेखिसके । लेख्नलाई धेरै पुस्तक पढेँ । धेरै कुरा जाने । जानेर बाँड्नु पर्ने बढिसकेको छु । पुस्तक भित्रै हराएर संसारका सारा अनुभव बटुलिसकेको छु । म पात्रहरू सँगै रमाएको छु । रोएको छु । कैयौँ पल्ट मरिसकेको छु । सांसारिक माया मोह रत्ती रहेन । यही पाएको यही छोड्ने हो । सबैले छोडेर गएका छन् यसमा प्रस्ट छु । मेरो शरीर, मेरो आत्मा पूर्णरुपमा मेरो दिमागको नियन्त्रणमा छ । जन्मेपछि अनिवार्य मर्नु पर्छ भनेर मानसिक रूपमा आफूलाई तयार बनाइसकेको छु । अहँ १ अब छैन बाँकी इच्छाहरू ।

“हेर्नुस् लेखकज्यू हाम्रो पनि नियम छ । मान्छे मर्नुभन्दा पहिले उसमा डर त्रास हुनुपर्छ । अपुरो इच्छाहरू जीवित हुनुपर्छ । लोभ लालच हुनुपर्छ । कुनै एक त हुनै पर्छ । अनि न उनीहरूको आत्मा भड्किने छ । तपाईँमा त्यस्तो केही रहेनछ । हाम्रो नियमभित्र तपाईँको मृत्‍यु परेन । तपाईँ त जिउँदै मृत्‍युलाई आभास गरिसक्नु भएछ । यस्तो जिउँदो लासलाई लान मिल्दैन । म गएँ । तर याद गर्नुस् म कुनै बेला पनि यो कोठाको ढोका ढक्ढकाउन आइपुग्छु ।” यती भनिसकेर यमराज बिलाए ।

ओहो १ झट्ट दिमागमा एउटा कुराले क्लिक गर्‍यो । मैले मेरो यो अनुभव लेख्नु पर्छ । यो खुसीको राज, यो ज्ञान, यो चेत बाँड्नु पर्छ । यसलाई मैले अक्षरशः गर्नु पर्छ । सारा मानिसले हेर्नु पर्छ । नत्रता अज्ञानताले सारा मानिसहरूको मृत्‍यु पहिले जसरी भयावह हुनेछ । आनन्दको मृत्‍यु मर्ने छैनन् । आत्मा भड्किने छ । विलम्ब नगरी लेख्नु छ । र, यो मबाहेक कसैले लेख्ने पनि छैन ।

लेख्न बसेँ। मानिस जन्मन्छ । जन्मेपछि मर्छ । मर्नु पर्छ । जन्मनु र मर्नुको बिचमा उसले जे-जे गर्छ त्यो उसको कर्म हो । कर्मअनुसार नै उसको मरण हुन्छ ।

भोलिको दैनिक पत्रिकाहरूमा समाचार छापिए, “लेखकद्वारा आत्महत्या ।”

ढुङ्गे युगमा मानिसहरू आनन्दको जीवन ब्यतित गर्थे । एकअर्कामा सहयोगी थिए । एउटै योजना हुन्थ्यो । सामूहिक काम गर्थे । र त्यसको जस सबैले लिन्थे । उनीहरूको मुहारमा चमक हुन्थ्यो । उनीहरूमा आजको जस्तो ज्ञान थिएन । आजको जस्तो जड समस्या पनि थिएन । जब जब मान्छेहरू सुख खोजीमा विभिन्न आविष्कारहरू गर्दै गए । त्यससँगै समस्याहरू पनि थपिँदै गयो । मानौँ ज्ञान हासिल गर्नु भनेको दुखी हुनु हो । अर्को, थाहा नहुनु, अज्ञान हुनु भनेको खुसी हुनु हो । सुखी हुनु हो ।० ।।।।।।

मैले लेख्न मात्र के सुरु गरेको थिएँ । मेरो झ्यालको दाहिनेतिरको अलि पर घुम्तीको बसबिसौनीमा एक युवती उभिरहेकी थिई । उनको ठिक पछाडि मैले तरकारी किन्ने पसल छ । साहुजी आफ्नै काममा व्यस्त छन् । युवती १८र१९ वर्षे हुनुपर्छ । कुर्तासलवार र चप्पल लगाएकी । सानो साइड ब्याग भिरेकी । सर्लक्क कम्मरसम्म आउने भिजेको कपाल । यस्तो लाग्थ्यो कि उनी मन्दिर जानलाई ठिक्क परेजस्तो । यो एरियामा पहिलो पटक देखिको हो उनलाई । शायद साथीलाई पर्खिरहेको हुनुपर्छ । उनको हाउभाउ देख्दा हतारमा देखिन्थिन् । यताउता हेर्थिन् फेरी घडी हेर्थिन् । आधा घण्टा जति रहन्थिन् र बस नचढी आफ्नै बाटो लाग्थिन् । प्रत्येक दिन उनले यसै गर्थिन् ।

——
जब ज्ञान प्राप्तिले आफूलाई चलाउँछ तब ऊ संसारको सबैभन्दा भाग्यमानी ठान्छ । छणिक सुख खोजले मान्छे झन्झट दानबीय भइरहेको छ । सारा जगत्लाई झन्झट नरक बनाउँदै छन् । जसको असर आउने नयाँ पिँढीले भोग्दै गइरहेका छन् । ।।।

आधुनिक मानिसले अनेक ज्ञान लिए । अनेक सफलता हासिल गरेँ । तर ज्ञान प्राप्तिले आफ्नो आत्मालाई चलाउन सकेन । लोभ लालच, सत्ता(शक्ति र यौनमा लिप्त भएर समय नष्ट गरिरहेछन् । अन्त्यमा लाने केही होइन । मृत्‍यु कुनै बखत आउँन सक्छ । मृत्‍यु श्वासत सत्य हो भनेर भुलिरहेका छन् । डेथबेडमा अन्तिम सास गन्दै गर्दा छटपटाइ रहेका हुन्छन् ।० ।।।।

एक दिन तरकारी पसलेलाई यी नानी को हुन् भनेर सोधेँ ।
-ये १ लेखकज्यू पनि पत्रिका पढ्नै छोड्नु भयो कि क्या हो । बच्चाबच्चालाई थाहा छ । यिनी को हुन् भनेर । विज्ञापन नै गरेकी थिन् त ।
-कस्तो विज्ञापन हो
-यिन्ले ५० हजारमा भर्जिनिटी बेज्दै र’छिन् नि
-ओ हो १ जमाना त निकै अघि बढिसकेछ त । विकसित मुलुकमा मात्र यस्तो हुन्छ भनेर पढेको थिए । यता पनि । हैन किन रैछ रु त्यस्तो के परेछ रु
-कलेज पढ्नलाई रे । अब आमाबाले खर्च पेल्न नसक्ने भो रे । बिचरी पढ्न खुब मन गरेकी र’छिन् । एक दुई हजार भा’त दिन हुन्थ्यो । त्यत्रो काँबाट ल्याउने ।

आज पनि उनी उसरी नै उभिएकी छिन् । भिजेको कपाल घुमाएर माथि टाउकोमा नै राखेकी छिन् । पिन्क टि सर्ट, टाइट हाल्फ पेन्ट र सेतो जुत्तामा छिन् । सधैझैँ सानो साइड ब्याक उसरी नै भिरेकी छिन् । मोटी पनि होइन पातली पनि होइन । मान्छेहरूले भन्ने गरेको हट र सेक्सी यस्तै हुनुपर्छ शायद । आह कस्तो सुहाउँदिलो ज्यान । कस्तो आकर्षकता । कस्तो मादकता । पहिलो भेटमै माया बस्ने यस्तै सँग हो क्यार । म ७२ वर्षे बुढालाई हायलकायल गराउन सक्ने केटाहरूको त झन् के हबिगत हुँदो हो । हामीसँग जोस छैन । बिचरा केटाहरू सँग पैसा छैन । यदि हुन्थ्यो भने यिनी यतिबेलासम्म यहाँ किन हुन्थिन् होला र । हे दैव १ तेरो लीला अपरम्पार छ ।

-जब मानिसले आफ्नो मृत्‍युलाई सहर्ष स्वीकार गर्छ तब यस जगत्मा पाप हट्नेछ । कोही भोको हुने छैनन् । कोही गरिब हुने छैन । कसैले अकालमा ज्यान गुमाउनु पर्ने छैन ।

जन्मँदा जसरी परिवार, आफन्त छिमेकी खुसी हुन्छन् त्यसरी नै मर्दा पनि खुसी हुनेछन् । हर्षोल्लास हुनेछ । संसार सारा खुसीले छाउने छ ।

आज साँझ देखा परिनन् । शायद भने जस्तो ग्राहक पाइन् कि ।

आज साँझ पनि आइनन् । दराजभित्र सानो पोका खोलेँ । पचास हजार गनेपछि पोका जस्ताको तस्तै राखेँ । म सँग उनलाई दिन पुग्ने पैसा थिएछ । दिएको भए नि हुने । छोराछोरी एनआरएन भए । श्रीमती कहिल्यै नफर्कने गरी गई । अब यी खोस्टाहरू मलाई त्यति महत्त्व पनि राख्दैन । एक छिन गमेँ ।

तीनरचाररपाँच दिन भयो आइनन् । भर्जिनिटी बेच्दै थिइन् । यो मेरो लागि नौलो कुरा थियो । त्यसैले पनि होला शायद उनलाई सोच्न थालेको । अलिकति मन छोएको उनको आँट, त्याग र कुनै हालतमा लक्षमा पुग्ने दृढ सङ्कल्पले ।

एक रदुईरतीन हप्ता आइनन् । कलम चलिरह्यो । बानी परेछ । यी आँखाले उनलाई खोजिरहन्थ्यो । के यो प्रेम थियो त रु होइन । तीव्र यौनैच्छा हो त रु त्यो पनि होइन । कामवासना रु स्वार्थ रु त्यसो भए के हो त । प्रश्न आउँथ्यो उत्तर भेट्दिन थिएँ । भोलि फेरि प्रश्न अर्कै भएर आउँथ्यो, हराउँथ्यो ।

एकरदुईरतीनरचार महिना आइनन् । पुस्तक सक्नलाई लगभग अन्तिम पृष्ठ बाँकी थियो । उनी पाँचौँ महिनाको छैठौँदिनको साँझ टुप्लुक्क देखा परिन् ।

उसरी नै उनको आँखा कसैलाई खोजे जस्तो थियो । पर्खेजस्तो थियो । उनको सौन्दर्यता, कसैलाई खिचिरहने सक्ने आकर्षकता कायमै थियो । उनको माधकताले थाहा नपाई म लठ्ठिसकेको रहेछु । उनको आगमनले शरीरमा आत्मा पसेर आफू पूर्ण भए जस्तो भयो । ढिला नगरी उसलाई भेट्ने इच्छा तीव्र भएर आयो । मेरै लागि पो आएकी हुन् कि रु आखिरमा उनलाई पनि त ५० हजार चाहिएको छ । उनको लक्ष पनि पूरा हुँदैछ । अन्तिम पाना भोलि सिध्याउने सोचेर जुरुक्क उठेँ ।

कसैले ढोका ढक्ढकाएको आवाज सुनियो । “भित्रै आउनुस् ढोका खुल्लै छ” भने । पुरानै केटौले रूपमा यमराजले प्रस्थान गरे । उनले ढिलो नगरी भने, “लेखकज्यू व्यस्तजस्तो देखिनु हुन्छ । कतै जाँदै पो हुनुन्थ्यो कि रु बाधा त गरिनँ होला रु”
मैले पहिले जसरी कुर्सी देखाउँदै बस्न आग्रह गरेँ ।
“अलि हतार छ । यो पटक अन्तिम इच्छा त सँगालेर राख्नु भएको होला नि रु म तपाईँलाई लिन आएको । आशा छ यसपालि खालि हात पठाउनु हुन्न ।”

ओ हो कस्तो फसाद । यिनलाई यही बेला टुप्लुक्क आइपुग्नु पर्ने ।आज दिनभरिमा किताब सक्नु पर्ने रहेछ । थक्थकाउँदै बिन्ती गरेँ, “यमराज महाराज मैले किताब लेखेर सक्नै लागेको छु । एकदिनमा सक्छु । तर थप एक दिन मलाई दिनुस् । ऊ त्यो उभिने केटीलाई पैसाको खाँचो छ । उनलाई पैसा दिएर उद्धार गर्न चाहन्छु । र आजको रात उनीसँग बिताउन चाहन्छु । त्यसैले मलाई दुई दिनको समय दिनुस् । त्यसपछि हजुरको मर्जी ।”

आश्चर्य मिश्रित अनुहारमा यमराजले भने, “हुन्न, इच्छा एउटा मात्र पूरा हुन्छ । लेख्नु हुन्छ भने बरु म एक दिन पर्खन तयार छु । तपाईँजस्ता लेखकहरूले हाम्रोबारे लेखिदिएर त हो हामी भक्तजनहरूको मन मस्तिष्कमा हजारौँ वर्षसम्म बस्न सकेको । ग्रन्थ पढ्नेहरूले हामीलाई विश्वास गर्न सकेको । नत्रता हामी स्रुती र दन्त्यकथामा मात्रै सीमित हुन्थ्यौँ होला । हामीभन्दा शक्तिशाली तपाईँ लेखकहरू हुनुहुन्छ । लेखेरै सम्राट्, राजा, राष्ट्रपति ठूल्ठूला शक्तिशाली व्यक्तिहरूलाई सत्ताच्युद गरेका छन् । लेखनमा शक्ति छ । त्यो हामीले महसुस गरेका छौँ ।”

“हामीले त यो जगत्लाई स्वर्गको अर्को टुक्रा बनाएका थियौँ । सुन्दर मानिसहरूको निर्माण गरेका थियौँ । जे(जे माग्छन् उही उही दियौँ । आफ्नो खुसी दियौँ । आफ्नो ज्यान बाजी राखेर तथास्तु भन्यौँ । तर सारा त्याग तपस्या बिर्सेर छनिक चाहनाका लागि मान्छेले सब बिर्से । उनीहरूले यो सुन्दर धर्तीलाई नर्क बनाए । प्रक्रितीको नियम विपरीत पृथ्वी ध्वस्त पारे । मान्छे मार्ने बम बनाए । तरै तिनीहरूले बिर्से आफू पनि मर्नु पर्छ भनेर । लोभले मर्ने दिनसम्म पनि काम गरिरहे । पापीहरूको नाश गर्न स्वयम् यस धर्तीमा मानव भएर जन्म लियौँ । तर पनि पाप मेटाउन सकेनौँ । अब तपाईँहरूको हातमा आएको छ यो संसार बनाउने । आज लेखेर पूरा गर्नु भएन भने अझै सयौँ वर्ष लाग्नेछ अर्को लेखक जन्मन । त्यसैले लेख्नुस् ।”

मलाई यमराजको कुराले रत्तीभर छुएन । उल्टो एकोहोरो भएँ । ती महिलालाई सोच्दासोच्दै दिमागमा विचित्र चित्र कोरिन थाल्यो । मैले यो किताब लेखिसकेपछि मलाई के फाइदा हुन्छ रु म त मरिहाल्छु । तर आज उनीसँग गएँ भने एक दिन भए पनि बहलिन् पाउँछु । आत्मा शान्त हुनेछ । लहैलहैमा प्रेम गरियो । प्रेम भएर प्रेम गरियो । जीवन चलाउन प्रेम गरियो । तर यो मेरो एकोहोरो प्रेम हो या कामवासना भेउ पाउनै सकिनँ । उनलाई कल्याण गर्दैछु या आफ्नो हवस्को सिकार बनाउँदछु चेतना शून्य छ । यस बखत पाप(पुण्य सोच्ने शक्ति क्षीण छ । यो कुनै तीव्र यौनिक चाहनाको आवेग भने पक्का होइन । के मैले उनको शरीरलाई नभएर उनको आत्मामाथि विजय प्राप्त गर्न खोजेको हो त रु फेरि पैसा दिएर कसरी त्यो सम्भव होला । तर आज ७२ वर्षे म उनीमा चुर्लुम्म डुबेर बर्बाद हुन चाहिरहेको छु । एक पटक उनमा समाहित भएर आफैमा हराउन खोजिरहेको छु । उनको शरीरसँग खेल्दाखेल्दै भस्मै हुन मन गरेको छ । त्यति । म अन्तिम निर्णयमा पुगेँ र भने, “सरि यमराज मलाई माफ गरिदिनुस् । मैले उनीसँगै जाने निर्णय गरेँ ।”

मेरो कुराले न यमराज निराश भए न क्रोधित । यस्तो लाग्थ्यो कि कुनै ॠषि या राक्षसको तपस्या भङ्ग गर्न कुनै सुन्दरी पठाइएको होस् । या कुनै परीक्षा रचिएको हो । र त्यसको नतिजाबारे पहिल्यै ऊ जानकार छ । ताकि उनीहरू भन्दा हामी कहिल्यै माथि हुनै सक्दैनौँ । मैले लेख्न सुरु गर्नु तब उनी टुप्लुक्क देखा पर्नु कुनै संजोगमात्र थियो कि रु अब म यसरी लठ्ठिसकेको छु कि अर्को लोकको यस्ता शदियौँदेखिको लीलाको घनचक्करबाट पार पाउने ममा कुनै सामर्थ्यै रहेन ।

यमराजले आफ्नो कर्तव्य निभाउँदै भने, “हामी मानिसका लागि भनी दिनरात सोच्छौँ । उनीहरू भने आफ्नो बाहेक कसैको सोच्दैनन् । शायद यही सानो फरकले गर्दा हामी भगवान् भगवान् भयौ अनि तिमीहरू मान्छे । लेखक तिमी जितेर हारेऊ । र हारेर पनि जितेऊ । तर मेरो नजरमा यो सरासर आत्महत्या हो । तिमीले कर्मको फल अवश्य पाउने छौ । तिम्रो इच्छा पूरा होस्, तथास्तु ।

भोलिको दैनिक पत्रिकाहरूमा समाचार छापिए, “लेखकद्वारा आत्महत्या ।”

प्रतिक्रिया