अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

मेलम्चीको काम २२ दिनदेखि ठप्प, वार्ता गर्न ठेकेदार कम्पनीका सीईओ नेपाल आउँदै

बिआरटीनेपाल २०७५ पुष २२ गते १९:०६ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ । 

आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई  सेमेन्तेस्टी (सिएमसी दि रेभन्ना) को उक्त टोली आएपछि मेलम्चिमा देखिएको समस्याको संसमाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ ।

ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिन देखि ठप्प भइ अलपत्र अवस्थामा पुगेको छ । मेलम्ची सुरुङ ढलान १ किलोमिटर बाँकी छ । सरकार र ठेकेदारबीच लामो  समयदेखि क्षतिपुर्ती विवाद चल्दै आएको छ ।

ठेकेदार कम्पनी सीएमसीले भुकम्प, काबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठुलो रकम क्षतिपुर्ति माग्दै आएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू